भुकम्पले चुडेर लगेको इन्दिराको एसएलसीमा डिस्टिङसन; परिवार झन पीडामा
भुकम्पले प्रभावित जिल्ला गोरखा मसेल ५ को श्री बिन्द्रावती माविका विद्यार्थीहरुले पनि राम्रै नतिजा ल्याए। मसेल ५ गोर्खाकी इन्दिरा बगालेले विदयालयको अहिलेसम्मकै ८२.५% अंक ल्याएर रेकर्ड राखिन। उनले ल्याएको नतिजा अहिलेसम्मकै राम्रो र उत्कृष्ट भएपनि त्यो सुन्न र त्यसको खुसी साट्न उनी यस संसारमै थिइनन। स्थानिय विश्व भट्टले भने ‘बिडम्बना आज उनको खुसीले आफन्तलाई झन पिडा थपेको छ।’
बैशाख १२ गतेको महाभुकम्पमा परि जीवन गुमाएकी इन्दिराको नतिजाले झन स्थानियहरुलाई अझ घाउमा नुनचुक छरेको जस्तो भएको छ। आफ्नो गाउँको विद्यालयमा अध्ययनरत विद्यार्थीको सफलताको र खुसीको पल साट्न नपाउँदा स्थानिय अभिभावक र विद्यार्थीहरु आज झन शोकमा परेको भट्टले बताए। - हाम्रा कुरा
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses