प्रेमीलाई कुटपिट गरी प्रेमिकामाथि सामुहिक बलात्कार
- सन्तोष काफ्ले
धरान, २६ जेठ । धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्रै एक १५ बर्षिया किशोरी सामूहिक बलात्कारको सिकार बनेकी छिन् ।
प्रतिष्ठानको पश्चिम बगैंचामा आफ्नो प्रेमीसँग बसिरहेकी अवस्थामा उनको प्रेमीलाई कुटपिट गरि सात/आठ जनाको समुहले सामूहिक बलात्कार गरेको प्रहरीले जानएको छ ।
प्रेमीसँग बसिरहेको अवस्थामा किशोरीका प्रेमीलाई कुटपिट गरी किशोरीलाई नियन्त्रणमा लिएर सो समुहले किशोरीलाई जङ्गलमा लगेर सामूहिक रुपमा बलत्कार गरेको पीडितका परिवारले जानाएका छन् ।
मादक पदार्थ सेवन गरी आएको समुहले आफ्नो मुख थुनेर आँखामा रुमालले बाँधेर बलात्कार गरेको किशोरीले प्रहरी समक्ष बयान दिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुदमकुमार सिजापतिले बताए ।
बलात्कारको आरोपमा ७ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको डिएसपी सिजापतीले बताए । पीडितका परिवारले भने बलात्कारीलाई कडा कारबाहीको माग गरेका छन् । पीडित किशोरीलाई उपचारका लागि बीपी प्रतिष्ठानमा भर्ना गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.