जसले आफु ह्वीलचेयरमा बसेर दुनियालाई नचाईरहेछ…
अहिले उनी थन्डरवेल डान्स टु्रप सन्चालन गर्दै आएकी छिन भने साथसाथै नृत्यको कोरियोग्राफी पनि गर्दैछिन । उनले हालसम्म नृत्य कोरियोग्राफीबाट थुपै्र अवार्ड समेत पाइसकेकी छिन । अहिले भारतको ठूल्ठूला नृत्य सोमा उनको डिमान्ड बढिरहेको छ । यो कथा दिल्लीको एकजना नृत्य कोरियोग्राफर ऋतु रावलको हो ।
ऋतुका साथमा आज हजारौको नृत्य सिक्ने प्रशिक्षार्थी छन । ति सबैलाइ उनी आफै प्रशिक्षीत गर्दछिन । उनी भन्छिन “म ३ बर्षको हुदा मेरो दिमागी बिमारीको कारण मेरो खुट्टाहरु चल्न छाडे । मेरो परिवारको लागि र मेरा लागि त्यो गहिरो दुख र चोट थियो । म कसैको लागि पनि बोझ बन्न चाहन्नथें । मैले आफ्नो पुरै पढाइ नै ह्वीलचेयरमा बसेर पुरा गरें ।” सानैदेखि पुलीस अफिसर बन्ने सपना बोकेकी आफ्नो शारिरिक दुर्वलताका कारणले गर्दा आफ्ना ति सपना अधुरो हुने भएपछि वकिल बन्न चाहन्थीन तर ति सब कामको लागि खुट्टा चल्नुपर्दथ्यो ।
नियतीले जसरी उनको खुट्टाबाट बल चुडेर लगेको थियो त्यसरी नै उनका सपना पनि चुडेर लग्यो । जसले गर्दा उनले आफुले चाहेको काम गर्न सकिनन । त्यसपछि उनले चुनौति लिने प्रण गरिन । उनले जुन पेशाको खुट्टासंग सम्वन्ध रहन्छ त्यहि पेशा रोजीन । फरक यति मात्र हो कि उनि अरुको खुट्टाद्वारा नाच्दै आएकी छिन । त्यसैले आज नृत्य कोरियोग्राफी जगतमा उनले आफ्नो छुट्टै पहिचान कायम गर्न सफल भएकी छिन ।
खुट्टा चलाउन नसक्ने भए पनि उनकै इशारामा हजारौ खुट्टाहरु चलिरहेका छन । ऋतुलाई सानैदेखि नृत्यको पनि शोख थियो । उनी लगातार टेलिभीजनमा कोरियोग्राफरहरुको नृत्य हेर्दै गइन जसबाट उनमा नृत्य सम्वन्धि ज्ञान बढ्दै गयो । कतैपनि औपचारिक रुपमा नृत्यको प्रशिक्षण नै नलिइकन उनी अन्तत राम्रो कोरियोग्राफर बन्न सफल भइन । शुरुमा उनले आफ्ना साथिभाइहरुलाइ नृत्यका स्टेपहरु सिकाइन । उनले सिकाएका स्टेपहरु सबैले मन पराए त्यसपछि उनको विश्वास र आत्मवल बढ्दै गयो र उनि अघि बढ्दै गइन ।
सन १९९६ मा उनले आफ्नो नृत्य केन्द्र पनि खोलिन जसका माध्यमबाट देश बिदेशमा थुप्रै स्टेज सोहरु गरिन । उनले जहाँजहाँ नृत्य सो गरिन त्यहा थुपै प्रशस्ती र प्रशंसकहरु कमाइन । उनी आफ्नो विगतका दिन सम्झदै भन्छिन, मानीसहरु मलाई भन्ने गर्दथे जो आफ्नै खुट्टामा हिडडुल त गर्न सक्दैन उसले कसरी नाच्ने काम गर्न सक्छे ? यस्ता यस्ता तिखा शव्दका बाण प्रहार गर्नेहरु पनि हिजोआज भने तारिफ गर्न थालिसकेका छन ।
ऋतुले कहिल्यै पनि आफ्ना बावु आमलाई आफु निर्वल भएको महशुस गर्न दिइनन । उनीमा यति धेरै आत्मवल थियो कि उनी जुनसुकै काम पनि सहजताका साथ गर्न सक्थिन । अहिले पनि उनि गर्वसाथ भन्दै आएकी छिन, “जुन काम म एक्लै मेरो दुइटा खुट्टाले गर्न सक्दैनथे आज त्यहि काम म हजारौ खुट्टाले गरिरहेको छु ।” वास्तवमा कुनैपनि काम गर्नको लागि इच्छा शक्ति,जागर र जोश चाहिन्छ शारिरिक अशक्तताले मात्र फरक पार्दैन भन्ने कुराको उदाहरण बनेकी छिन ऋतु ।
वास्तवमा यो नै सत्यता हो कुनैदिन अशत्तताको दर्जामा परेकी ऋतु रावल आज आज ह्वीलचेयरमा बसेर पनि भारतका एक से एक कलाकारहरुलाइ नचाइरहेकी छिन । सोनु निगम, जसविन्दर निरुला देखी दलेर मेहन्दीसम्म ठूल्ठूला स्टेज कार्यक्रमहरुमा उनको नृत्यको स्टेपमा नाच्न रुचाउदछन् अझ भनौ उनको इशारामा नाच्न रुचाउछन ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
0 comments
Write Down Your Responses