चर्चित गायकद्वारा घरमै झुण्डिएर आत्महत्या
जेठ २६ गते
मुम्बई । पञ्जाबी गीतका चर्चित गायक धर्मप्रीतले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका छन् ।
उनले भटिन्डास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका हुन् । उनको मृत्युले पञ्जाबी संगीतको क्षेत्रमा क्षति पुगेको छ ।
उनको आत्महत्याको कारण भने अहिलेसम्म खुलेको छैन । धर्मप्रीत आइतबार एक कार्यक्रमबाट राति अबेर घर फर्किएका थिए ।
पटेलनगरस्थित उनको घरमा नै झुण्डिएको अवस्थामा शब फेला परेको हो । प्रहरीले उनको शब पोस्टमार्टमका लागि अस्पताल पठाएको छ ।
उनी केही दिनदेखि धेरै मानसिक तनावमा देखिने गरेको बताइएको छ ।


भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.