आमा र दुई छोरी नै यौन पेसामा,बनेपामा यौनकर्मीको संख्या बढ्दो
शुकदेव थपलिया
म त्यतिबेला १२ वर्षकी थिएँ ।’ कक्षा आठमै पढ्दा यौनधन्दामा लागेको रहस्य उनले खोलिन् । भन्छिन्, ‘दिदी नौमा पढ्दै हुनुहुन्थो, मामाघरमा पनि मम्मी र माइजु झगडा भएपछि मम्मीले दिदी रीता(नामपरिवर्तन) र मलाई काठमाडौंमा ल्याउनुभयो ।
हामी पहिला काठमाडौंमा एउटा कोठा लिएर बस्थ्यौँ, दिउँसो चटपटेको सानो पसल पनि गरेका थियौँ । सधैँ मम्मीको काममा म र दिदीले सकेको सहयोग गथ्र्याैं किनकि हामीले पढ्न छोडिसकेका थियौँ, मम्मी आएको एक महिनापछि भने मेरो रातको पनि काम मिल्यो भन्दै रातमा पनि जान थाल्नुभयो, काम के हो भनेर हामीले सोध्दा बिजुली अफिसमा भन्नुभएको थियो एक दिन दिदी र म जाँदा पत्ता लाग्यो मम्मी यौन पेसामा हुनुहुँदो रहेछ ।’
आमाले झूठो बोलेको पत्तो पाएपछि स्तब्ध बनेकी धनमाया दिदीलाई समेत एक अपरिचितसँग पैसाको बार्गेनिङ गर्दै गरेको अवस्थामा भेटेपछि चकित खाएकी थिइन् । आफ्नी आमा र दिदी काठमाडौंमा रहेको बताउने यी यौनकर्मी आजकल बनेपामा छिन् ।
बनेपामा १९ देखि ४१ वर्षसम्मका यौनकर्मीहरू छ्यापछ्याप्ती भेटिन्छन् । होटल व्यवसायीहरू ऐन नियमको अभावमा यौन व्यवसाय फस्टाउँदै गएको स्वीकार्छन् । प्रहरीले साना–तिना होटलमा छापा मार्ने गरे पनि ठूलो होटल र रिर्सोटमा यौन व्यवसाय फस्टाउँदै गएको उनीहरूको आरोप छ । बनेपाको हाईवेमै सञ्चालित एक रिर्सोटका व्यवसायी भन्छन्, ‘प्रहरीलाई महिनैपिच्छे पैसा बुझाएका छौँ र त चुप छन् ।’
बढ्दो जनसंख्या, शैक्षिक बेरोजगारी र राज्यले बेरोजगारीको वैकल्पिक उपाय दिन नसक्दा यस्तो समस्या हरेक क्षेत्रमा बढ्दै गएको धेरैको ठम्याइ छ । सरकारले रोजगारी दिन नसकेकै कारण वैकल्पिक उपायका रूपमा यौनधन्दालाई अपनाएको यौनकर्मीहरू बताउँछन् । प्रहरी निरीक्षक दीपक भारती भन्छन्, ‘यस्तो व्यवसायलाई निर्मुल पार्न सकिन्नँ ।
तर सबैको साथ, सहयोग भएमा न्यूनीकरण गर्न अवश्य सकिन्छ ।’ उनी यौन व्यवसायलाई साथ दिने जो–कोहीमाथि प्रहरीले कारबाही गर्ने बताउँछन् । काभ्रेमा अधिकांश बिदेसिएका श्रीमान्का श्रीमती र कलेज पढ्ने विद्यार्थीहरू यौनकर्ममा संलग्न रहने गरेको पाइएको छ ।
यौन व्यवसायसम्बन्धी ऐन, नियम नहुँदा यस्तो समस्या बढेको हुनसक्ने पनि कतिपयको आँकलन छ । कतिपयले कसले रहर त कसैले वाध्यतामा यौनपेसा सुरु गर्ने गरेको बताउँछन् ।सौर्य दैनिकमा खबर छ ।
(सांकेतिक तस्बिर)
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses