बामदेवले भने विरेन्द्रले सकेनन् हामीले किन गर्ने ?
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ उनले सभासद्हरुलाई भने, ‘विपत्ति आउँदै छ भन्ने थाहा हुँदाहुँदै तयारी भएन भन्नु गलत हो । राजा विरेन्द्रले गर्न नसकेको काम हाम्रो १६ महिने सरकारले सक्नैपर्छ भन्ने के छ ?’
महाविपत्तिपछि कसरी काम गर्ने र कसरी काम गरियो भन्ने सभासद्हरुको प्रश्नमा गृहमन्त्री गौतले भने, ‘संविधान जारी भएपछि अर्को चमत्कारी सरकार आउँछ, हामी पनि हेरौला, त्यो चमत्कारी सरकारबाट कसरी काम हुन्छ ?’
उनले सरकारको आलोचना नगर्न सभासद्हरुसँग आग्रह गर्दै भने, ‘सेना, जनपद र सशस्त्र भनेको पनि सरकार नै हो ।’




0 comments
Write Down Your Responses