प्रश्नको उत्तर दिएर आफ्नै मृत्युको परिक्षण


तपाइ कति वर्षसम्म जीवित रहनुहुन्छ? यो प्रश्नको उत्तरको लागि सायद भविष्यनै जान्नु पर्छ होला। तर हैन, ८० प्रतिशत सहि हुनेगरि मृत्यु परिक्षण गर्ने तरिका वैज्ञानिकहरुले पत्ता लगाएका छन्।

वैज्ञानिकहरु दावी गर्छन् की अंकको आधारमा केही सामान्य प्रश्नहरु तयार पारिएको छ जसले तपाइको स्वास्थ्यको अवस्थाको बारेमा अनुमान लगाउन सक्छ। साथै सन् २०२० सम्म तपाइ जीवित रहनुहुन्छ कि हुदैन भनेर जानकारी दिन पनि सक्छ।

यो जाँचको लागि कुनै स्वास्थ्य परिक्षणको जरुरत पर्दैन। यी प्रश्नहरुमा तपाइको स्वास्थ्य र हिड्ने गतिजस्ता सामन्या प्रश्नहरु राखिएको छ ।

अपसला विश्वविद्यालय, स्वीडेनको सह लेखक एरिक इनगलसनले ‘Ubble’ वेबसाइटमा गएर कोही पनि ब्रिटेनका व्यक्तिहरुले यो जाँच गराउन सक्ने बताउछन्। प्रश्नावलीमा पुरुषलाइ १३ र महिलालाइ ११ प्रश्न सोधिने छ। सोही प्रश्नको उत्तरको आधारमा मृत्युको बारेमा जानकारी दिइनेछ।


0 comments

Write Down Your Responses

Powered by Blogger.