साउदी मन्त्रीले भने-नेपाली ठग्नेलाई कडा दण्ड हुन्छ
साउदी सरकारले कामदारका उजुरी सुन्न विभिन्न स्थानमा कल सेन्टर स्थापना गरेको र त्यसमार्फत आउने उजुरीको सुनुवाइ गरिने जानकारी पनि दिएको अन्नपूर्ण पोस्टमा खबर छ।
संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगका राजदूत दीपक धितालमार्फत मन्त्री मोफरिज अल हकवानीले यस्तो जानकारी पठाएका हुन्। राजदूत धितालले यसबारे एउटा विस्तृत रिपोर्ट नै परराष्ट्र मन्त्रालयमा पठाएका छन्।
साउदी अरेबियाका श्रममन्त्रीले नेपाली कम्पनीहरूले गरिब कामदारबाट धेरै रकम शुल्क भन्दै लिने गरेकोप्रति पनि चासो राखेका थिए। उनले कामदार भर्तीमा लाग्ने त्यस्तो सबै रकम साउदी सरकारले नै तिर्ने जानकारी पनि नेपाल सरकारलाई गराएका छन्।
‘त्यो सन्देश मैले पनि पाएको छु’, श्रम तथा रोजगार व्यवस्थामन्त्री टेकबहादुर गुरुङले भने, ‘असार २१ गतेबाट सबै खाडी मुलुक र मलेसिया जाने कामदारबाट कुनै शुल्क लिन नपाइने नीति लागू गरेपछि पनि रकम लिएको थाहा भए तत्काल नियन्त्रणमा लिइनेछ।’
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses