मलेसियाको हिमालमा नाङ्गो तस्बिर खिचाउने महिला पर्यटकलाई यस्तो सजायँ
मलेसियाको सबाह राज्यमा उनलाई तीन दिनसम्म कारागारमा राखिएको थियो र उनले पछि आफ्नो कार्य गलत भएको आफूलाई थाहा भएको बताएकी छन् ।
उहाँले आफूलाई आफ्नो व्यवहार मुख्र्याइँपूर्ण रहेको थाहा भएको र आफूले सबाहका स्थानीय जनताप्रति अपराध गरेको थाहा भएको बताइन् । उनले यसका लागि आफू दुःखी भएको उल्लेख गरिन् ।
मलेसियाको किनाबालु हिमालमा तस्बिर खिच्न आफ्नो कपडा खोल्ने चार विदेशीमध्ये हकिन्स पनि एक थिइन् ।
तेइस वर्षीया एलिनरले लन्डनको उत्तरमा अवस्थित ड्रेकटस्थित आफ्नो घरमा एक विज्ञप्ति पढ्दा निकै दुःखी देखिएको बताइएको छ । उनले आफू घर आइपुग्दा राहतको महसुस गरेको बताइन् । रासस/एपी
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses