दुलाहा आठ महिनाको गर्भवती, अर्जेन्टिनामा भयो अचम्मको विवाह (फोटोफिचर)
एजेन्सी ।
यी दुबैको भेट अर्जेन्टिनाको राजधानी ब्यूनर्स आयर्समा भएको थियो जहाँ दुबैजना ट्रान्स्सेक्सुअल एण्ड ट्रान्सजेन्डर राइट्सका लागि लडिरहेका थिए । सन् २०१०मा अर्जेन्टिना समान सेक्स भएका जोडिको विवाहको लागि अनुमती दिने ल्याटिन अमेरिकाको पहिलो देश बनेको छ । दुई वर्षपछि अर्को कानुनद्वारा ट्रान्ससेक्सुअलका लागि नेशनल आइडी पाउने बाटो पनि खोलियो । नयाँ आइडीको अनुसार ट्रान्ससेक्सुअल व्यक्ति आफ्ना लागि त्यहि जेन्डर छान्न पाउँछ जुन उनी आफूलाई चिनाउन चाहन्छन् । यदि कानुनको सहायताले नै यी ट्रान्ससेक्सुअल जोडिले औपचारिक विवाह गर्ने सपना पुरा भएको छ । ।
२६ वर्षका ताबोदरा जो कानुनी रुपमा अब पुरुष हुन्, भन्छन्, ‘पहिला हाम्रो क्याथोलिक चर्चमा विवाह गर्ने इच्छा थियो त्यसकारण हामीले अर्जेन्टिनाको पोप फ्रेन्सिसलाई इमेल गर्यौँ तर त्यहाँबाट केहि जवाफ आएन । म अहिले ३३ हप्ताको गर्भवती छु, तर मातृत्वको आभाष त्यति धेरै भएको छैन तर क्यारेन बच्चाको किक र ममा देखिएको लक्षणलाई महसुस गर्न चाहन्छिन् ।’ यो अचम्मको विवाहमा दुबैका परिवारले निकै उत्साहका साथ भाग लिएका छन् । ताबोरदा २२ डिसेम्बरमा शल्यक्रियामार्फत आफ्नो बच्चालाई जन्म दिँदैछन् । यो जोडीको भनाई अनुसार उनीहरु आफ्नी छोरीको नाम जेनेसिस एन्जेलिना राख्नेछन् । (एजेन्सी)
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses