जुन गाउँमा महिलापीडित पुरुषको संगठन छ
३२ जेठ,
विश्वभरको तत्थ्याङ्क हेर्ने हो भने पुरुषले नै बढी मान्यता पाएका हुन्छन् र विभिन्न देशमा छोरीलाई भन्दा छोरालाई नै बढी प्राथमिकता दिइन्छ । विश्वमा यस्ता ठाउँ पनि छन् जहाँ पुरुषहरु महिलाद्धारा पीडित पुरुषहरुले न्याए पाउन समुह नै गठन गर्ने गर्छन् । पुरुषलाई नै बढी मान्यता दिइने हाम्रो देश जस्तै देशका मानिसलाई यो पत्याउन गाह्रो पर्छ ।

भारतमा पनि महिलालाई भन्दा पुरुषलाई नै बढी मान्यता दिइन्छ तर भरतकै एक गाँउमा महिलापीडित पुरुषहरुले समुह गठन गर्ने गरेका छन् भन्दा पत्याउन पक्कै पनि मुस्किल नै पर्छ । तर यो साँचो हो । पुरुषलाई नै बढी प्राथमिकता दिइने भारतकै एक गाउँमा छोरा जन्मिदा दुख मान्छन् र छोराको जात अभागी जात हो भन्ने सोच्छन् ।

भारतको मेघालयस्थित मावलीनग गाउँमा मातृसत्तात्मक व्यवस्था छ र महिलाहरुलाई नै उच्च दर्जा दिइन्छ । छोराछोरीको नाम समेत यहाँ बुबाको थरबाट नभइ आमाको थरबाट राखिन्छ । एसियाकै सबैभन्दा सफा गाँउ मानिने र “इश्वरको बगैँचा” नाम दिइएको यो गाउँमा ५ सयको हाराहारीमा जनसंख्या रहेको छ ।

बाबुबाट छोरामा सम्पत्तिको हकमा सर्नुको साटो आमाबाट छोरीमा पैत्रिक सम्पत्तिको हक हस्तान्तरण हुन्छ यहाँ । यहाँ घरकी कान्छी छोरी आमाको सम्पत्तिको हकदार हुन्छन् । पुरुषको निर्णय चल्दैन, महिलाले जस्तो चाहान्छन् जस्तो आज्ञा दिन्छन् पुरुषले मान्छन् । यहाँ सम्म कि यो गाउँमा  पुरुषलाई महिलालाई जति स्वतन्त्रता पनि छैन । महिलाले आफु खुसी विवाह पनि गर्न पाउँछन् भने पुरुषले त्यसो गर्न पाउँदैनन् ।

महिलाहरुले धेरै शोषण गर्ने गरेको भन्दै यहाँका पुरुषहरुले विद्रोह पनि गर्ने गरेका छन् । यहाँका केही पुरुषहरु प्राय रक्सी खाएर बस्ने गर्दछन् भने केहीले पुरुष अधिकार खोज्न पुरुष समूह नै गठन गरेका  छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.