यस्ता अचम्मका पुलहरु जसले तपाईंको होस् उडाउँछ
१. द इसहिमा ओहसी ब्रिज, जापानः
४४ मिटर अग्लो पुल तपाईंले कुनै खेलमा मात्र चाहनुहुन्छ, वास्तविक जीवनमा होइन । तर यो रोलर कोस्टर ब्रिज जापानको दैनिक रुटमा पर्छ । यो इसहिमा पुलले मात्सु र साकाइमिनाटो शहरलाई जोड्ने गर्दछ ।
यो पुल समुन्द्र सतहभन्दा २३०० फिट माथि बनाइएको छ । करिब १२५ मिटर घुमाउरो बाटोले सम्भवतः सबैभन्दा सुन्दर दृश्य देखाउँछ । मलेसियाको यो पुल पर्यटकहरुको लागि ठूलो आकर्षण्को केन्द्र बनेको छ ।
३. रोलिङ ब्रिज, लण्डनः
यो एउटा यस्तो प्रकारको पुल हो जुन घुम्रिन्छ। यो पुलमा आठओटा त्रिकोणीय भागहरु छन् जुन धुम्रिँदा ‘अक्ट्यागन’ बन्ने गर्दछ र खुल्ला हुँदा पुल बन्ने गर्छ । पानीमा आइरहेको डुङ्गालाई बाटो दिनका लागि यो पुल घुम्रिने गर्दछ र ग्रान्ड युनियन क्यानलमा जानको लागि पुनः खोलिन्छ ।
४. ड्र्यागन किंग कङ ब्रिज, चीनः
५. द हेलिक्स ब्रिज, सिंगापुरः
सिंगापुरको ‘द हेलिक्स ब्रिज’ पैदल यात्रीहरुका लागि बनेको संसारको सबैभन्दा पहिलो घुमाउरो ‘डबल हेलिक्स’ पुल हो । यो पुल डिएनएको ढाँचामा बनेको छ । उक्त पुलमा यस्ता स्थानहरु छन् जसबाट उत्कृष्ट क्षितिज देख्न सकिन्छ । यो पुलले विश्व वास्तुकला महोत्सवमा ‘संसारको उत्कृष्ट परिवहन भवन’ को अवार्ड जित्न सफल भएको थियो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses