२० वर्षीय केटोले ट्रक चोरे
हेटौँडा, १२ असार ।
२० वर्षको उमेरमै दुई युवाले ट्रक चोरेर हेटौँडामा सबैलाई आतंकित र अचम्मित तुल्याएका छन् । चोरीको सामान त लुकाउनु पर्छ । तर यी दुई युवाले ट्रक चोरी गरेर कहाँ लुकाउने ? बरु वीरगञ्जबाट सामान लोड गरेर पोखरा पु¥याए । उनीहरुले चोरी ट्रक हेटौँडा नारायणगढ सडकमै गुडाएर प्रहरीलाई अरु चुनौती पो दिए ।
७ असारमा साँझ हेटौँडा–१० स्थित भुटनदेवी मन्दिरनजिक रमेश सिंह ठकुरीको ग्यारेजमा रहेको ना २ ख २५०९ नम्बरको ट्रक चोरीमा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको हो । चितवनको भरतपुर–१ पोखरा बसपार्कमा फेला परेको थियो भने ट्रकसँगै मकवानपुर हेटौँडा–४ का २० वर्षीय सुशील थापा मगर र हेटौँडा–१ का २० वर्षीय भरत पाण्डेलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार, थापाले ट्रक चोरी गरी चलाएर भरत पाण्डेलाई साथमा लगेको र उनीहरुले वीरगञ्जबाट क्यान जुस लोड गरी पोखरा पु¥याएर फर्कने क्रममा फेला परेको हो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.