संविधानको प्रारम्भिक मस्यौदामा चर्को विरोध, मधेशवादी दलले च्याते
काठमाडौँ, १५ असार । नयाँ संविधानसभाको मस्यौदामा मधेशवादी दलले चर्को विरोध जनाएका छन् ।
संविधानसभा, संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले मंगलबार राति बसेको बैठकमा ‘नेपालको संविधान, २०७२’ को प्रारम्भिक मस्यौदा प्रतिवेदन, पेस गरेपछि मधेसवादी दलले त्यसको विरोध जनाएका छन् ।

सङ्घीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टीलगायतले जनताको अधिकार संस्थागत नभएको भन्दै मस्यौदाको पूर्वरुपको प्रतिलिपि च्यातेर विरोध जनाएका हुन् ।

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधानसभाको बैठक सकिएको घोषणा गर्नै लाग्दा ती दल सम्बद्ध सभासद्ले संविधानसभाभित्रै विरोध जनाएका हुन् ।
संविधानसभा भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिचानसहितको सङ्घीयता नभएको संविधानले नेपाली जनताको अधिकार स्थापित हुन नसक्ने प्रतिक्रिया दिनुभयो ।
उहाँले केही ठूला दलले आफूखुसी एकलौटीपूर्ण तवरले निर्णय गरेको र विगतमा भएका सहमति तथा सम्झौताविपरीत निर्णय गरेका कारण विरोध गर्न बाध्य भएको बताउनुभयो ।

भिडियो हेर्न तल क्लिक गर्नुह्स :

,

0 comments

Write Down Your Responses

Powered by Blogger.