एसिड प्रहारबाट घाइते संगिताको एक नम्बर पनि आएन
परीक्षा दिएको ३ महिनापछि एसएलसीको नतिजा सार्वजनिक हुँदा संगितालाई फेल देखाएको छ । संगिताको सिम्बोल नम्बर ‘०३१२८९५ के’ मा नतिजा हेर्दा उनलाई चारवटा विषयमा २५ का दरले प्रयोगात्मक नम्बरमात्र दिएको पाईयो । सबै परीक्षा दिएकी संगिताको प्रयोगात्मक बाहेक अन्य विषयमा एक नम्बर पनि दिइएको छैन ।
यस विषयमा काठमाण्डु टुडेसँग कुरा गर्दै उनले यो असम्भव भएको बताउँदै आफूले नतिजा पूनः परिक्षण गर्ने बताईन् । उनले भनिन्, ‘मेरो सबैमा जिरो नम्बर नआउनु पर्ने । म आफै अचम्म परेकी छु । एकपटक फेरि नतिजा जाँच गर्ने सोचेकी छु ।’
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses