नक्सलाइट गुरिल्ला थिए मिथुन चक्रवर्ती
उनको एकमात्र भाइको करेन्ट लागेर मृत्यु भएपछि सरकारी दमन झेलिरहेका मिथुनले नक्सलाइट आन्दोलन छोडे । हिंसात्मक आन्दोलनमा संलग्न भएपनि बलिउड क्षेत्रमा सफलता हासिल गर्ने उनी सम्भवतः एक मात्र अभिनेता हुन् ।
कोलकाताको चर्चित स्कटिस चर्च कलेजबाट केमेस्ट्रीमा स्नातक गरेका मिथुनले सन् १९७६ मा बंगाली मूलका मृणाल सेनद्वारा निर्देशित चलचित्र मृगयाबाट फिल्मी दुनियाँमा पाइला टेकेका थिए । मिथुनले मृगयादेखि ओएमजीसम्मका प्रत्येक फिल्ममा आफ्नो एक छाप छोड्न सफल भएका छन् । बलिउड पुग्नुअघि मिथुनले पुणे फिल्म संस्थानबाट अभिनयको अध्ययन पनि गरेका थिए ।
अभिनय र नृत्यमा पोख्त मिथुन मार्सल आर्टस्का ब्ल्याकबेल्टधारी हुन् ।
फिल्मी क्षेत्रमा निकै सफल रहेका मिथुनको व्यक्तिगत जीवन भने असफल रह्यो । सन् १९९० मा मोडल हेलेना ल्युकसँग विवाह बन्धनमा बाँधिएका उनीहरुको निकै छोटो समयमा नै सम्बन्धबिच्छेद भयो । त्यसलगत्तै उनले भारतीय अभिनेत्री योगिता बालीसँग विवाह गरे । योगितासँग सम्बन्ध रहिरहेकै बेला सन् १९८० ताका उनले अर्की चर्चित नायिका श्रीदेवीसँग गुपचुप रुपमा विवाह गरेका थिए । उनका एक फ्यनले उनीहरुको विवाहको सर्टिफिकेट लिक गरिदिएपछि मिथुनले उनीसँगको सम्बन्ध स्विकार गरेका थिए । मिथुनले योगितासँग लामो समयसम्म पनि सम्बन्धविच्छेद नगरेका कारण श्रीदेवीले उनलाई छोडिन् । योगिता बालीबाट उनका तीन छोरा, मिमो, रिमो, नमासी र एक छोरी दिशानी छन् ।
अभिनयसँगै राजनीतिमा पनि संलग्न मिथुन हाल तृष्णमूल कांग्रेसबाट राज्यसभा सदस्य छन् ।
अन्नपूर्ण पोष्ट दैनिकबाट




0 comments
Write Down Your Responses