यी हुन् ज्वाइँलाई जेल पठाएर छोरीलाई परपुरुषको काखमा सुताउने बाबुआमा
जनकपुरधाम, ३ असार – नौ महिनाकी गर्भिणी २३ वर्षीया सुशीला ठाकुर बुधबार जसोतसो हिँड्दै धनुषा जिल्ला प्रहरी कार्यालय आइपुगिन् । चिकित्सकले दुईतीन दिनमै बच्चा हुनसक्छ भने पनि घरमा आराम गर्नुको साटो चर्को घाममा प्रहरीकहाँ आइपुगेकी सुशीलाले आफ्नै आमाबुबालाई लगाएको आरोपले झस्काउँछ । आर्थिक लोभका कारण आमाबाबुले छोरासहित आफूलाई अर्कैको हातम बेचेको भन्दै उनले प्रहरी गुहारेकी हुन् ।
धनुषा रघुनाथपुर ८ माइत भएकी सुशीलाको आरोप छ – बुबा मिश्री ठाकुर बरही र आमाकुमारी ठाकुरले मसँग सापटी लिएको तीन लाख पचाउन उल्टै मलाईनै दुई वर्षको बच्चासहित ४० हजारमा बेचे । धनुषा पटेर्वा ३ का २८ वर्षीय विष्णु ठाकुरसँग पाँच वर्षअघि सुशीलाको बिहे भएको थियो । बिहे भएको दुइ वर्षमा विष्णु वैदेशिक रोजगारका लागि साउदी अरेबिया गए । छोरा समर जन्मिसकेका थिए ।
दुई वर्षमा विष्णु साउदी अरेबियाबाट फर्के र आफूले पठाएको कमाईको हिसाब सुशीलासँग मागे । सुशीलाले पतिलाई भनिन्, ‘आमाबुबाले सापटी लिएका छन् ।’ विष्णुले रकम फिर्ता गर्न सासूससुरालाई ताकेता गर्न थाले । सासूससुराले विष्णुलाई आफ्नी अर्की छोरी कोशिलाको घरमा बोलाए, जनकपुर । राति सुतेको बेला विष्णुको सिरानीमा कटुवा पेस्तोल राखेर प्रहरीलाई खबर गरे । प्रहरीले विष्णुलाई समात्यो र हातहतियार तथा खरखजाना ऐनमा समात्यो । उनले जलेश्वर जेलमा डेढ वर्ष काट्नु प¥यो ।
आमाबुबाले अघिल्लो वैशाखमा रौतहटमा शिवगढी मेला हेर्न जाऊँ भनी छोरा समरसँगै सुशीलालाई फकाएर लगे । त्यहाँ पुगेर रौतहट अजगेवा गाविसका ३५ वर्षीय सौखीलाल राय यादवसँग उनीहरुले छोरीलाई नातिसहित ४० हजारमा बचे र आफू कुलेलाम ठोके ।
अन्नपूर्ण पोष्ट दैनिकबाट


0 comments

Write Down Your Responses

Powered by Blogger.