सलमानको ठाउँमा नक्कली सलमान फिल्म खेल्दै
एजेन्सी–सलमान खान यो समयमा आफ्नो नयाँ फिल्म ‘प्रेम रतन धन पायो’को सुटिङमा ब्यस्त रहेका छन् । तर तपाइं आश्चर्यमा पर्ने एउटा कुरा छ कि सलमानले नै यस फिल्ममा आफ्नो ठाउँमा नक्कली सलमानको प्रयोग गरिरहेका छन् ।
फिल्मको सुटिङ छिट्टै सकाउनु पर्ने भएकाले सलमानले यसमा दुई चरणमा काम गरिरहेका छन् । एक चरणमा सलमान आफै खेलेका छन् भने अर्काे चरणका लागि नक्कली सलमानको प्रयोग गरेका छन् ।
खबरमा बताइएको छ कि सलमानले यस फिल्ममा तीन चार घण्टा मात्रै सुटिङमा समय दिएका छन् भने बाँकी समयको सुटिङ नक्कली सलमानले गर्दै आएका छन् ।



0 comments

Write Down Your Responses

Powered by Blogger.