यि हुन सिन्धुपाल्चोकका खुङ्खार डाँका
लामा काम छोडेर सुरेश अहिले लुटपाटबाट कमाएको कालो धनले बौद्ध क्षेत्रमा जुवा तास खेलेर दिन बिताउने र रात परेपछि कान्छीको भट्टीमा रमाउँदै आएकोे उनी निकट स्रोत बताउँछ । सुनका क्यारिङवालासंग मिलेर लामाले प्रहरीलाई केहि मात्रामा सुन पक्राउ गराउने र अरु भाग लगाएर खार्दै आएका छन् ।
१० किलो सुन क्यारिङको जिम्मा पाए सुरेशले भरियालाई ४ किलो क्यारिङ गर्न लगाउने र आफै प्रहरीलाई सुचना दिएर पक्राउ गर्ने र सबै सुन भरिया र प्रहरीले खायो भन्दै सुनका मालिकलाई मुुर्गा बनाउदै आएका थिए । पछिल्लो समय अबैध सुनका मालिकले सुरेशको असलि धन्दा थाहापाएपछि उनलाई क्यारिङको जिम्मा दिन छाडेका छन् ।
सुन तस्करलाई मुर्गा बनाएपछि केहि अबैध सुनका मालिकले सुरेशको ज्यान लिने धम्कि समेत दिएको उनि निकट स्रोत बताउँछ । अबैध सुनका मालिकले ज्यानमार्ने धम्कि दिएपछि सुरेश अहिले सिन्धुपाल्चोक छाडेर काठमाडौंमा बस्दै आएका छन् ।
पौसको भरमा सुरेशले अहिले एक गुरुङ थरकी अर्काकी श्रीमतीलाई आफ्नो बनाउने प्रयासमा लागेका छन् । सिन्धुपाल्चोेक प्रहरीेले समेत यिनलाई बिषेश निकरानी राखेर खोजि सुरु गरेपछि सुरेश अहिले काठमाडौं बस्न थालेका हुन ।
News स्रोत /अपराधखबर .com
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
0 comments
Write Down Your Responses