सेक्स प्रकृतिको देन हो, आवश्यक छः मोडल सारिका
सोमबार, आषाढ ७,
गोर्खामा जन्मिएकी सारिका सुनार हाल मोडलिङ क्षेत्रमा जम्न खोजिरहेकी छिन् । त्यसका लागि उनको संघर्ष जारी छ । मोडलिङ करियरलाई आफ्नो भविष्य बनाउँदै गरेकी सारिका युइएको भुमीमा जति पसिना रोजगारीको सिलसिलामा बगाउँदैछिन्, त्यती नै पसिना मोडलिङका लागि बगाउँदैछिन् ।
आफ्नो सपना पुरा गर्नकै लागि अहिले युएईको मरूभूमिमा रोजगारीबाट निस्केको फुर्सदमा रहररहरमै मोडलिङ गर्छिन । एक वर्ष देखि युएईको जुमेरामा एक स्कुलमा काम गरिरहेकी सारिका फुर्सदमा गीत गाउँछिन् । ठूलो ऐना अगाडी आफैँ नृत्य सिक्छिन् । र त्यसको अलावा उनले सामाजिक सञ्जालहरू मार्फत मोडलिङका नयाँ तरिकाहरू पनि सिकिरहेकी छिन् ।
मोडलिङ क्षेत्रमा केही गरेर देखाउने आफ्नो धोको भएको बताउँदै उनी भन्छिन्, ‘सानै देखिको मेरो मानसपटलमा रहेको चाहना युएई आएपछि पुरा हुने तरखरमा रहेको छ । संघर्ष गरिरहेको छु अवश्य अगाडी बढ्न सक्छु ।’ गाउँमा बस्दा बिभिन्न कार्यक्रम तथा प्रतियोगिताहरूमा भाग लिएकी सारिकाले आधा दर्जन बढी नाटकहरूमा अभिनय समेत गरेकी छिन ।
युएईमा उनले एउटा म्युजिक भिडियोमा अभिनय समेत गरेकी छिन । ‘अहिले सम्म एउटा वटा म्युजिक भिडियो गरे, केही समयमै अन्य म्युजिक भिडियो र डकुमेन्ट्रीमा समेत अभिनय गर्ने तयारीमा छु’ उनले भनिन् ।
आफूलाई अभिनयको अफर आएमा नकार्न नसक्ने बताउँदै सारिका भन्छिन्, ‘आफ्नो लगनसिलता रहर र अग्रजको प्रेरणाले यस क्षेत्रमा प्रवेश गरेकी हुँ । सफलता असफलता समयले नै बताउनेछ तर म धेरै भन्दा धेरै प्रयास गर्नेछु , मेरो सपना एक दिन पुरा हुनेमा विश्वास छु ।’
सेक्सका सन्दर्भमा उदार सोच राख्ने उनी सेक्सलाई प्रकृतिले दिएको देन बताउँछिन् । ‘सेक्स सबैलाई आवश्यक रहेको छ । यसको सन्दर्भमा खुलेर कुराकानी गर्न सक्नु पर्दछ । तर पनि विवाहपूर्व भने त्यस्तो सम्बन्ध राख्न नहुने उनको तर्क छ । ‘विवाह अगाडिको सेक्स भावावेश मात्र हुन सक्छ’ उनले भनिन् ‘त्यस्तो सम्बन्धले दीर्घकालसम्म असर पुर्याउन सक्छ ।’
चुलबुले स्वभावकी सारिका मोडलिङ क्षेत्रमा लागेर दाम र नाम सबै कमाइने वुझाई छ । आफूला ऐना अगाडि उभिँदा राम्री र सेक्सी देखिने बताउँदै अरूको नजरमा आफू राम्री देखिन कुनै कसर बाँकी नराख्ने बताउँछिन् ।
त्यसो त, उनलाई मनपराउने युवाहरूको संख्या पनि कम छैन । उनी पनि हरेक युवामा विभिन्न खालका गुण देख्छिन् । माया एउटा जिन्दगी बिताउने आधार हो बताउने सारिका तर आफूचाहिँ प्रेमबाट निकै टाढा रहेको बताउँछिन् । बताउँछिन । ‘म मोडलिङमा छुटै नाम बनाएर मात्र विवाह गर्छु । ‘चन्चले खालको छु भेट्नेले प्रेम प्रस्ताब राख्छन तर म अहिले प्रेमको झमेलामा पर्न चाहन्न । पहिला करियर, परिवारको दायित्व, त्यसपछि मात्र विवाहको बारेमा सोच्छु ।’
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses