यी हुन् एसएलसी पास नगरिकनै चर्चित भएकाहरु
चर्चा र विवादमा परिरहने पत्रकार ऋषि धमलादेखि चर्चित फिल्म नायिका रेखा थापासम्मले एसएलसी पास गरेका छैनन् । पत्रकार धमला १४ वर्षको उमेरमै पत्रकारीतामा आए, उनले पढ्नै भ्याएनन् ।
नायिका थापाले पनि पढाईमा रुचि नभएपछि कलाकारीतामा संघर्ष गरिन् सफल पनि भइन् ।
अर्का फिल्म नायक धिरेन शाक्यले पनि एसएलसी पास नगरेको बताइन्छ ।
औपचारिक अध्ययनमा उनी सफल हुन नसके पनि कलाकारीतामा भने जमिन् ।
राजनीतितर्फ जाने हो भने प्रधानमन्त्री सुशील कोइरालाले एसएसली पास गरे,नगरेको एकीन छैन । उनले संसद सचिवालयमा पेश गरेको व्यक्तिगत विवरणमा शैक्षिक योग्यता लेखेका छैनन् । कांग्रेस निकट पुराना मानिसहरुका अनुसार उनले सुरु सुरुमा कसैले अध्ययनबारे सोधि हाल्यो भने स्वअध्ययन भन्ने गर्थे । केहीले प्रधानमन्त्री कोइरालाले एसएलसी गरेको पनि भन्ने गर्छन् ।
नेकपा एमालेका नेता अमृत बोहोराको औपचारिक अध्ययन पनि १० सम्म मात्रै हो ।
श्रम राज्यमन्त्री टेकबहादुर गुरुङको पनि औपचारिक अध्ययन १० कक्षासम्म मात्रै हो । संसदसचिवालयलाई बुझाएको विवरणमा उनले शैक्षिक योग्यता लेखेका छैनन् ।
एसएलसी पास नगर्दै पनि चर्चित र सफल हुनेमा समाजसेवी दिलशोभा श्रेष्ठ पनि हुन् ।
त्यस्तै एमालेबाट अघिल्लो संविधानसभामा सभासद् रहेकी शान्ता चौधरीले पनि एसएलसी पास गरेकी छैनन् । चौधरी अहिले कक्षा ८ मा अध्ययन गर्न विद्यालय भर्ना भएकी छिन् ।
पुर्वकमलरी रहेकी चौधरीले आफ्नै जीवनका संघर्षहरु समेटेर शान्ता चौधरी नामक किताब पनि लखेकी छिन् ।
काठमाण्डु टुडे बाट
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses