चीनमा लहरा भित्र छोपिएको भूत शहर (फोटो फिचर)
चीनको गोव्की टापु स्थिति यो गाँउलाइ ‘घोस्ट टाउन’ (भुत शहर) भनिन्छ। यो एउटा समुन्द्रले घेरिएको टापु हो। यो गाँउका मानिसहरु माछा मार्ने काम गर्दथे। यो टापु चीनको झेज्याङ प्रान्तको शेङगसी टापुमा पर्ने ४०० टापु मध्यको एक हो। कुनै बेला मानिसहरुको बस्ती हुने गरेको यो ठाँउ अहिले सुनसान छ। मानिसको बस्ती बर्षौसम्म नभएकाले पनि यो ठाँउलाइ ‘भुत शहर’ भनिन्छ। चारैतिर बाट हरिया घाँस अनि लहराले हराभरा छ यहाँ अहिले।

कुनै फिल्मको सेट जस्तो लाग्ने यो ठाँउमा प्रत्येक ढुङगा पनि झार र लहराले छोपिएको छ। घरको प्रत्येक ढोका, झ्याल देखि बाटो अनि सिढीं पनि छोपिएको छ हरिया पातहरुले।

यो भुत शहरको सबैभन्दा ठुलो रहस्य नै यी लहरा बनेका छन्। न त यहाँ कुनै भुत छ, न त कोही मानिस नै बसोबास गर्छन्। केवल हरियै हरियो छ वरिपरि।

हेर्दै लोभलाग्ने हरियाली छ यो ठाँउमा, हेर्नुहोस् तस्बिर,









भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.