४५ वटा सिसी क्यामेरा भएको नायिकाको घरबाट नगद र गरगहना चोरी
कलकत्त्तामा रहेको बनर्जीकको घरबाट शनिबार १० लाखबराबरको नगद र गरगहना चोरी भएको हो । घरमा काम गर्ने महिला कामदारको सहयोगमा चोरी भएको अनुमान गरेको छ । किनकी उनी पनि शनिबारबाट सम्पर्कमा आएकी छैनन् ।
नायिका रहने जुन बिल्डिङबाट चोरी भएको हो त्यस बिल्डिङमा ४५ वटा सिसिक्यामेरा जडान गरिएको छ । यसबाट अहिलेसम्म केही पत्ता लागेको छैन् । रचनाका बाबुले प्रहरीसँग बताएअनुसार रचनाले अल्मारीको चाबी ड्रेसिङ टेबुलमा छोडेकी थिइन् । उनले दुई लाख नगद र आठलाख बराबरको गहना चोरी भएको बताए ।
प्रहरीका अनुसार ती महिला कामदार अन्तिमपटक सिसिटिभी फुटेजमा साँझ ८ बजेर ४५ मिनेट जाँदा देखिएकी थिइन्, जसमा उनी एक जुटको झोला बोकेर निस्कँदै गरेको देखिएको छ । ९ बजे जब रचना घरमा आइपुगित् तब मात्र चोरी भएको जानकारी भएको हो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses