७ लाख र ४३ तोला सुन राखिएको ‘सेफ’ चोरेर शिवपुरी पुर्‍याइयो
सोमबार, आषाढ १४
काठमाडौ, १४ असार, भूकम्पको मौका छोपी लाखौ रुपैयाँ भएको सहकारीको ‘सेफ’ चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
चोरीको अभियोगमा नुवाकोट घर भइ समाखुसी बस्ने २२ वर्षिया मेकलाल तामाङ,  काठमाडौं झोरका २२ वर्षिया सुनिल तामाङ र नवरपरासी घर भई सामाखुसी बस्ने ३२ वर्षिया वाहुन भन्ने मनिराज काफ्ले पक्राउ परेका हुन् ।
उनीहरुले भुकम्प गएको मौकापारी सामाखुशी चोकमा रहेको जनमिलन सहकारी संस्थाको ७ लाख रुपैयाँ र सुनका विभिन्न गरगहना अन्दाजी ४३ तोला भएको सेफ चोरी गरेको प्रहरीको भनाई छ ।
घटनाबारे मेकलाललाई पक्राउ गरी  सोधपुछ गर्दा चोरीएको सेफ शिवपुरी जङगलमा पुर्‍याएर पैसा तथा सुन झिकिएको  बयान दिएका थिए । फोडिएको सेफ वौडेपानी मुहानको दहमा लुकाई राखेको अवस्थामा महानगरीय अपराध महाशाखाको टोलीले वरामद गर्न सफल भएको थियो । साथै उक्त घटनामा संलग्न सुनिल यस अघिनै अपराध महाशाखाले पक्राउ गरी अवैध हातहतियार तथा खरखजाना मुध्दामा अनुसन्धान भईराखेको प्रहरीले जनाएको छ ।
अर्का अभियुक्त वाहुन भन्ने मनिराज काफ्ले ज्यान मार्ने उध्योग तथा हातहातियार खरखजाना मुध्दामा चितवनमा पक्राउ भई अनुसन्धान भई रहेको  प्रहरीले जनाएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.