म्यागीमा भन्दा वाईवाईमा बढी विष !
नेपालमा सर्वाधिक लोकप्रिय मानिएको वाईवाई चाउचाउ भारतमा प्रतिबन्ध लगाइएको छ । बहुराष्ट्रिय कम्पनीद्वारा उत्पादित म्यागी चाउचाउमाथि प्रतिबन्ध लगाइएको केही दिनमै भारतमा वाईवाई चाउचाउमाथि प्रतिबन्ध लगाइएको हो । नेपाली ब्रान्ड (उत्पादन) मानिने वाईवाई चाउचाउमा म्यागी चाउचाउमा भन्दा पनि धेरै अखाद्य तत्व रहेको पुष्टि भारतको तामिलनाडुस्थित खाद्य प्रयोगशालाले गरेको अनुसन्धानबाट भएको थियो ।
तामिलनाडुको खाद्य प्रयोगशालाले गरेको अनुसन्धानअनुसार वाईवाई चाउचाउमा म्यागी चाउचाउमा भन्दा ७.४३ गुणा बढी लिड (शिशा) रहेको भेटिएको छ । लिडको मात्रा सबै चाउचाउमा हुने गर्दछ, तर २.५ पीपीएमभन्दा बढी लिड भएको चाउचाउ मानव स्वास्थ्यका लागि विषादीसरह मानिन्छ । म्यागी चाउचाउमा लिडको मात्रा ३.५ पीपीएम रहेको भेटिएको छ भने वाईवाई चाउचाउमा २५.४५ पीपीएम रहेको भेटिएको छ ।
लिडको मात्रा २.५ प्रतिशतभन्दा बढी भएको खाद्यवस्तु सेवन गर्दा शरीरमा अक्सिडेन्टको मात्रा बढ्न गई क्यान्सरले आक्रमण गर्ने, हड्डी कमजोर हुने, मुटुका भल्भहरू साँघुरिँदै जाने, मस्तिष्कमा रक्त प्रवाह गर्ने नलीहरू सुनिने, मुत्रासयमा मासु पलाउने, फिस्टुला र पायल्सको समस्या बढ्नेलगायतका रोगहरू देखा पर्दछन् । साथै, गर्भवती तथा प्रजनन् उमेरका महिलाहरूमा यस्तो लिडले सबैभन्दा ठूलो समस्या निम्त्याउने चिकित्सकहरूले जनाएका छन् ।
म्यागी र वाईवाई चाउचाउको प्रयोग बढेसँगै दक्षिणी भारतमा पाठेघर खस्ने, महिनावारी गडबड हुने, गर्भपतन हुने, सुस्तमनस्थितिको बच्चा जन्मने, महिनाबारी भएका बेलामा पेट दुख्ने, योनिबाट सेतो पानी बगिरहने लगायतका समस्या बढी देखिएपछि यसबारे अनुसन्धान सुरु भएको हो । एकाएक यस्ता विरामी बढेपछि हरेक खाद्य सामग्रीको परीक्षण सुरु गरिएको थियो ।
विशेषगरी जंक फुडहरूले यस्तो समस्या निम्त्याउने चिकित्सकहरूले बताउँदै आएका थिए, तर सर्वाधिक प्रयोग गरिने म्यागी चाउचाउको परीक्षण भने धेरै पछि गरियो । म्यागी चाउचाउमा अखाद्य तत्वको मात्रा भेटिएपछि तत्काल प्रतिबन्ध लगाएर वाईवाई चाउचाउको पनि परीक्षण गर्दा झन् कहालीलाग्दो परिणाम देखियो ।
वरिष्ठ खाद्य प्रमोद कोइरालाका अनुसार चाउचाउमा पाइने लिडले सबैभन्दा छिटो असर पु¥याउने भनेको स्नायु प्रणालीलाई हो । हेर्दा आकर्षक र स्वादिलो बनाउन चाउचाउमा २० प्रकारका रसायनहरू प्रयोग गरिन्छ, ती सबै रसायनहरू अखाद्य हुन् । म्यागी चाउचाउमा समेत प्रयोग नगरिएको अखाद्य रसायन मोनोसोडियम ग्लुकोमेट वाईवाई चाउचाउमा समावेश गरिएको भेटिएको छ । मोनोसोडियम ग्लुकोमेट रसायनले टाउको दुख्ने, आँखा कमजोर हुने, श्रवण शक्ति नै गुम्ने, जिब्रोले स्वाद पाउन छाड्नेलगायतका समस्या उत्पन्न हुन्छ ।
यसैगरी, आकर्षक देखाउन सिन्थेटिक ९एक प्रकारको प्लास्टिक० समेत वाईवाई चाउचाउमा प्रयोग गर्ने गरिएको फेला परेको छ । जसले बच्चाहरूलाई बढी असर पु¥याउने विज्ञहरूले जनाएका छन् । जसका कारण बच्चालाई एलर्जी हुने, त्यही चाउचाउबाहेक अरु खानेकुरा नरुच्ने, स्मरण शक्ति कमजोर हुने, पढाइमा ध्यान नजाने, छिटो रिसाउने, एकलै बस्ने, एकोहोरो हुनेलगायतका समस्या देखा पर्दछन् । यसैगरी, वाईवाई र म्यागीमा बीएचए र बीएचटी जस्ता डरलाग्दा रसायनसमेत भेटिएको छ । यी चाउचाउमा प्रयोग हुने तेलमा यस्ता डरलाग्दा रसायनहरू फेला परेका हुन् । यी रसायनहरूलाई क्यान्सरको स्रोत नै मानिन्छ ।
यसैगरी, म्यागी र वाईवाईमा स्वाद बढाउनका लागि अजिनोमोटो नामक रसायन पनि अत्यधिक मात्रमा प्रयोग गरिएको पाइएको छ । नुन नमिसिँदासम्म अजिनोमेटो रसायन खासै हानिकारक मानिँदैन, तर यो रसायनमा नुन मिसिनासाथ तेजाब जस्तै अर्को रसायन बन्छ । जसले आन्द्रा र पेटमा प्वाल पार्छ । अपच हुने, कब्जियत बढ्ने, स्वास फेर्ने गाह्रो हुँदै जाँदा दमको रोग उत्पन्न हुनेलगायतका समस्या उत्पन्न हुन्छन् । खानेकुराका नाममा विषादी बिक्री वितरण भएर देशभरका अस्पताल भरिएपछि भारतले म्यागी र वाईवाई चाउचाउलाई प्रतिबन्ध मात्रै लगाइएको छैन, बजारमा खोजीखोजी नष्ट गर्न थालिएको छ । तर नेपालमा भने म्यागी चाउचाउलाई प्रतिबन्ध लगाइए पनि वाईवाई चाउचाउलाई प्रतिबन्ध लगाइएको छैन ।
म्यागी चाउचाउ विश्वका एक सय ३० देशमा बिक्री हुने गरेको छ । ती सबै देशमा यसको उत्पादक नेस्ले कम्पनीले महँगो अस्पतालसमेत खोलेर ठूलै व्यापार गर्दै आएको छ । तर वाईवाई चाउचाउ उत्पादन गरेर विष बेच्ने गरेका विनोद चौधरीले काठमाडौंमा नर्भिक अस्पतालबाहेक अन्य देशमा अस्पताल खोलेर स्वास्थ्यको व्यापार गरेको पुष्टि हुनसकेको छैन । -तरुण खबर डटकमबाट
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
10 comments
Write Down Your Responses




June 22, 2015 at 11:13 AM
Is this news true,than pls provide some evidence of it and than make viral for this news so as to help innocent people from having junk food.
June 22, 2015 at 9:02 PM
wtf..if this is true then we must do something from now.
June 22, 2015 at 10:11 PM
If it is true and evidences are there. Wai-Wai should be banned in Nepal immediately.
June 22, 2015 at 11:53 PM
It is very dangerous. We must be aware.
Lets do something against this.
June 23, 2015 at 11:50 PM
All junk food containing msg sud b banned
July 8, 2015 at 5:42 AM
Should b banned if this news is true....
July 8, 2015 at 5:43 AM
Should b banned if this news is true....
July 12, 2015 at 10:00 PM
अब हामीले नेपालमा बनेको वाईवाई खानुहुन्छ कि हुन्न भनि जाँच गर्न नि भारतिय नै चाहिने हो त ?
...
http://economictimes.indiatimes.com/industry/cons-products/food/assam-government-prohibits-sale-of-two-variants-of-wai-wai-noodles-for-30-days/articleshow/47679714.cms
July 14, 2015 at 3:00 AM
You have to avoid eating this product along with products match with it.
July 14, 2015 at 3:01 AM
You have to avoid eating this product along with products match with it.