भागी बिहे गर्न सघाएको भन्दै छोरीलाई चक्कु प्रहार
कैलाली, असार ११ – आफ्नै छोरीलाई चक्कु प्रहार गरेको अभियोगमा त्रिशक्ती नगरपालिका­७ मुक्त कमैया टोल बस्ने ४१ बर्षीय बिपत राम चौधरीलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
चक्कु प्रहार गरी फरार रहेका चौधरीलाई प्रहरीले करिब ५ घण्टापछि पक्रेको हो । उनले २२ बर्षीया छोरी फुल मायाँलाई भागी बिहे गर्न सघाएको भनी बिपत रामको घाँटी र छातीमा चक्कु प्रहार गरी घाइते बनाएका थिए । घाइतेलाई उपचारार्थ प्राथमिक स्वास्थ्य केन्द्र भजनी लगिएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.