आमाको किरिया गर्दा छोरालाई प्रहरीले समात्यो
काठमाडौं, १२ असार । आमाको मृत्यु भएपछि काजकिरिया गर्न मलेसियाबाट आएका मोरङका एक युवक प्रहरी हिरासतमा पुगेका छन् ।
मोरङको बेलबारी ११ घर भएका सञ्जीव राईलाई अर्काको पासपोर्ट प्रयोग गरेको भन्दै अध्यागनले पक्राउ गरेको हो । २ असारमा आमाको मृत्यु भएपछि उनी ८ असारमा नेपाल फर्केका थिए ।
साथीको पासपोर्ट लिएर आएको खुलेपछि उनलाई अध्यागमन कार्यालयले पक्राउ गरेको छ । कम्पनीले घर फर्कन नदिएपछि उनले सुवास कोइरालाको पासपोर्टमा आफ्नो फोटो राखी सोही पासपोर्ट प्रयोग गरी नेपाल आएका थिए ।
पासपोर्ट कीर्ते भएको खुलेपछि अध्यागमन विभागले उनलाई हिरासतमा राखी कारबाही अघि बढाएको छ । राईको परिवारले धरौटीमा छाडेर उनीमाथि पछि थप कारबाही गर्न माग गरेका छन् ।
तर, विभागले धरौटीमा छाड्न नमिल्ने भन्दै थुनामै राखेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।


भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.