नाबालिका बलात्कार गर्ने फिल्म एबीसीडी-२ का डान्सर पक्राउ
असार १५ गते
मुम्बई । लगातार कमाईमा नयाँ नयाँ रेकर्ड बनाइइरहेको बलिउड फिल्म एबीसीडी २ का एक कलाकारलाई मुम्बई पुलिसले नाबालिका बलात्कार गरेको आरोपमा गिरफ्तार गरेको छ ।
उनीविरुद्ध पस्कोसहित आइपीसी की विभिन्न धाराहरुका आधारमा मुद्दा दर्ता गरिएको छ । अंग्रेजी पोर्टल मिड डे का अनुसार मुम्बई की पन्त नगर पुलिसले बलात्कार आरोपी एबीसीडी २ मा काम गरेका डान्सर नीलेश नीरभावनेलाई मंगलबार पक्राउ गरेको हो ।
बलात्कारपछि १४ वर्षीय नाबालिका पीडिता मानसिक रुपमा पीडामा छिन् । पछिल्लो दिन जब पीडित नाबालिका की शिक्षिकाले किशोरीको व्यवहारमा फरक आएको देखेपछि उनीसँग कुराकानी गरेका थिए ।
शिक्षिकाले कुराकानी गर्दा उनी डराइरहेकी थिईन् । निरन्तर सोधपुछ गर्दा शिक्षिकालाई थाहा भयो कि आरोपी डान्सरले पीडित बालिकालाई सार्वजनिक शौचालय र अन्य सुनसान ठाउँमा कयौं पटक बलात्कार गरेका रँहेछन् ।
शिक्षिकाले बलात्कार बारे थाहा पाएपछि पीडित किशोरीका अभिभावकलाई जानकारी गराएकी थिईन् । त्यसपछि अभिभावकको उजुरीमा मुम्बई प्रहरीले आरोपी डान्सरलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार डान्सरले करिब २ महिनादेखि ती किशोरीको बलात्कार गर्दै आएको खुलासा भएको छ । उनी विरुद्ध जबरजस्तीकरणी ऐन अन्तर्गत मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको छ । एजेन्सी

भिडियो हेर्न तल क्लिक गर्नुह्स :

,

0 comments

Write Down Your Responses

Powered by Blogger.