प्रेमीबाट खोसेर किशोरीलार्इ सामुहिक बलात्कार गर्ने समातिए

०७२ जेष्ठ २९ शुक्रबार
छ जना हिरासतमा, अन्यको खोजी जारी
धरान  : बीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान  धरानको हाताभित्र एक किशोरीलाई सामुहिक बलत्कार गर्ने छ अभियुक्तलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ । उनीहरुविरुद्ध जिल्ला अदालत सुनसरीबाट म्याद थपेर जबरजस्ती करणी ऐनअन्र्तगत मुद्धा दर्ता गरिएको छ ।

उनीहरुले सोमवार राति बीपी प्रतिष्ठानको पश्चिमतर्फको जङ्गलमा प्रेमीसँग बसिरहेकी १५ वर्षीया किशोरीलाई नियन्त्रणमा लिएर सामुहिक बलात्कार गरेको अभियोग छ ।

घटनापछि प्रहरीले १२ जनालाई पक्राउ गरी अनुसन्धान गर्दा छ जनाले किशोरीलाई पालैपालो बलत्कार गरेको पुष्टि भएपछि मुद्धा दर्ता गरी अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुदमकुमार सिजापतिले जानकारी दिए ।

सामुहिक बलत्कारका अभिधयुक्तहरुमा धरान–१७ का २३ वर्षीय समिर राई, १७ वर्षीय प्रितेश लिम्बू, २४ वर्षीय आकास लिम्बू, धनकुटा बेलहरा गाविसका २२ वर्षीय विटु राई, धनकुटाकै भेडेटार गाविसका विकेश राई र भोजपुर नगरपालिकाका २० वर्षीय विपिन राई रहेका छन् ।

पीडित किशोरीले प्रेमीसँग बसिरहेको अवस्थामा प्रेमीलाई कुटपिट गरी आफूलाई सामुहिक बलत्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिएकी छिन् ।

अभियुक्तहरुले रक्सीको नशाको सुरमा बलात्कार गरेको बयान प्रहरीलाई दिएका छन् । केही अभियुक्त अझै फरार रहेकाले प्रहरीले उनीहरुको खोजी गरिरहेको छ ।

‘बलत्कारीलाई पानीमुनि गएर भए पनि पक्राउ गरी कानुनी कठ्गारामा प्रहरीले उभ्याएरै छाड्छ’, भएपनी डिएसपी सिजापतिले भने ।
annapurnapost बाट
भिडियो हेर्न तल क्लिक गर्नुहोस:


0 comments

Write Down Your Responses

Powered by Blogger.