आफ्नो संविधान आफै बनाउने नेपाली जनताको सपना पूरा हुने भयो : भट्टराई
काठमाण्डु, २९ जेठ–एमाओवादीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो संविधान आफैले बनाउने नेपाली जनताको सपना पूरा हुने सुनिश्चित भएको बताएका छन् ।
चार दलहरुबीच १६ बुँदे सहमति भएपछि बिहीबार बसेको संवाद समितिको बैठकले प्राय: सबै विषयमा सहमति जुटाएर संविधान सभामा पेस गरेको भन्दै नेता भट्टराईले बिहीबार राति आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘६५ वर्षदेखि थाती रहँदै आएको संविधानसभाबाट आफ्नो संविधान आफै बनाउने नेपाली जनताको सपना अब पूरा हुने करिब सुनिश्चित भयो ।’
संवाद समितिमा धेरै विषयमा सहमति जुटेर समितिले संविधानसभामा प्रतिवेदन प्रस्तुत गरेपछि यो परिस्थिति बनेको भट्टराईको धारणा छ ।
उनले सहमति जुटाउन योगदान गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
-
भिडियो हेर्न तल क्लिक गर्नुहोस:


0 comments

Write Down Your Responses

Powered by Blogger.