१० वर्षकी बालिकालाई २६ वर्षीय युवकको मुटु प्रत्यारोपण
दुगुना आकारको थियो मुटुः
अस्पतालका कार्डियोलोजिस्टका अनुसार जुन युवकको मुटु बालिकालाई हाल्नु थियो उनको मुटुको आकार ५३ एमएमको थियो । यो साधारण बालकको मुटुभन्दा लगभग दोब्बर आकारको हुन्छ । यति हुँदाहँदै पनि बालिकालाई ती युवकको मुटु सफलतापूर्वक प्रत्यारोपण गर्न सफल भए । यस्तो यसकारण सम्भव हुन पायो किनभने रोगका कारण बालिकाको मुटु सुन्निएको थियो र त्यसले लगभग त्यति नै ठाउँ ओगटेको थियो जति ती युवकको थियो ।
पूरै फेल भइसकेको थियो मुटुः
डाक्टरको भनाई अनुसार कोलकातामा बस्ने यी बालिकालाई पछिल्लो वर्ष डिसेम्बरमा एम्समा भर्ना गरिएको थियो । उनको मुटुको मांसपेशिहरु निकै कमजोर भइसकेको थियो र उनी जन्डिसबाट समेत पीडित थिइन् । बालिकालाई जस्तो तरिका अपनाए पनि उनको मुटुको स्वास्थ्यमा कुनै पनि सुधार आइरहेको थिएन ।
मुस्किल थियो मुटु पाइनुः
अस्पतालका एक सिनियर डाक्टरका अनुसार यी बालिकाको हालत यति धेरै खराब भएको थियो कि सुरुमा उनको नाम ट्रान्सप्लान्ट लिस्टमा राखिएको थियो । यसका साथै बालिकका लागि मुटु पाइनु गाह्रो कुरा थियो । तर जब २६ वर्षका एक म्याचिङ डोनरको मुटु बारे थाहा पाए तब उनको मुटु प्रत्यारोपणको बारेमा सोचियो । त्यसपछि डाक्टरहरुको कोसिस सफल भयो र उनी बाँच्न सफल भइन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
0 comments
Write Down Your Responses