महिलालाई अंश्रुग्यास हान्ने प्रहरीलाई ६ सय रूख रोप्ने सजाय
त्यस्तै फाति जेन्जिन नाम गरेका ती प्रहरीलाई टर्कीको अदालतले आगामी पाँच वर्षमा फेरि त्यस्तै प्रकृतिको कार्य दोहोर्याएको खण्डमा २० महिनाको जेल बस्नुपर्ने फैसला पनि बुधबार गरेको रोटर्सले जनाएको छ। अदालतले आफ्नो फैसलामा ती प्रहरीले सामाजिक सेवा अन्तरगत ६०० रुख रोप्नुका अलावा आँउदा ६ महिनासम्म तिनको रेखदेख आफै गर्नुपर्ने पनि जनाएको छ।
सरकार विरोधी आन्दोलनका क्रममा सेडा साङ्गा नाम गरेकी महिलालाई ती प्रहरीले उनको अनुहारमा लक्षित गर्दै नजिकैबाट अश्रुग्यास प्रहार गरेका थियो। उनको त्यो हर्कत सरकार विरोधी आन्दोलनमा आन्दोलन एउटा प्रतिक बन्न पुगेको थियो। आन्दोलनकारीले ती प्रहरीको दुराश्यपूर्ण हर्कतका लागि ३ वर्षको कैद सजाय हुनुपर्ने माग गरेका थिए।
करिब दुई वर्ष अगाडि टर्की सरकारले इस्तानबुलको केन्द्रमा रहेको गेजी पार्कलाई भत्काएर सन् १९४० मा भत्काइएको टक्सिम सैन्य ब्यारेकलाई फेरी बनाउने निर्णय गरेपछि टर्किका नागरिकहरुले सो कदमको विरोध सुरु गरे जसले पछि ठूलो आन्दोलनको रुप लिएको थियो र सो आन्दोलन पुरै टर्कीमा फैलिएको थियो।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
0 comments
Write Down Your Responses