बुढेसकाल बिताउँन आएको भन्नेको मुख थुन्छु : नायक खनाल
बिहिबार, आषाढ ३,
नेपाली कलाकारहरु अमेरिका हानिनु र उतै हराउनु त्यती नौलो बिषय होईन । धेरै कलाकार आफ्नो कलालाई आधार बनाउँदै विदेश उडेका छन् । यो क्रम घट्दो होईन बढ्दो छ । तर, आफ्नो १७ बर्षे आफ्नो जीवनको उर्वर समय अमेरिकामा बिताएका नायक सरोज खनाल गत साता नेपाल फर्किए ।

नेपाली चलचित्र क्षेत्रमा धेरैको रोजाहमिा परेका खनाल एकाएक विदेश पलायन हुँदा नेपाली सिने जगतले उनको अभाव पक्कै व्यहोरेको हो । उनी नेपाली चलचित्र क्षेत्रमा केही गर्छु भन्दै नेपाल फर्किएपछि धेरैले उनीसँग बिमती जनाए । यो बिमती उनीसँग व्यक्तिगत रुपमा गासिएर भन्दा पनि उनीको कलाकारितासँग गासिएर गरिएको थियो ।

उनका केही फ्यानहरुले उनलाई चाहेका बेला नपाएकाले अब तपाईको मुल्य घट्यो भन्ने खालका टिक्का टिप्पणी आए । उनलाई उनका फ्यानले सरोज खनालले आफ्नो जवानी विदेशमा बिताएर बुढेसकाल काट्न नेपाल फर्किएको चर्चा गरिरहदा खनालले सो भनाइृको खण्डन गरेका छन ।

सरोजले केही गर्नकै लागि आफ्नै धर्ती टेकेको दाबी गर्दै बुढेसकाल बिताउन नेपाल नआएको उल्लेख गरेका छन् । नेपाली चलचित्र हेर्न छाडेका दर्शकलाई हलसम्म तान्नका लागि आफू नेपाल आएको र त्यो काम गरेरै छाड्ने बताए उनले ठोकुवा गरेका छन् । नेपाली चलचित्र क्षेत्रमा राम्रो काम बुढेसकाल बिताउँन आएको भन्नेहरको मुख थुन्ने उनको भनाई छ ।

उनले आफूलाई मात्रै नभएर सबैलाई  आफ्ना सन्तान र परिवारको भविष्यको पनि चिन्ता हुनु स्वभाविक भउको बताउँदै त्यो चिन्तालाई अन्यथा नसोच्न उनको आग्रह छ ।

.भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.