फेसबुकको पासवर्ड नदेऊ है ठिटी प्रेमिका !
यसरी सैनिक युवतीको फेसबुकमा उनको अर्धनग्न तस्वीर र यौनका कुरा पोष्ट भएपछि अहिले एकजना ठिटा हनुमानढोकाको हावा खाइरहेका छन् । उनी हुन्,नुवाकोट तारुका गाविसका २४ वर्षीय प्रल्हाद अधिकारी । परापूर्वकालदेखि हरेक वर्षको माघे संक्रान्तिमा गोरु जुधाउने गरिएको गाउँ हो,तारुका । तर,यतिबेला गोरु हैन, ठिटाठिटीको मायाप्रेम जुध्दा समस्या आयो । बैंश लागेदेखि नै लालकुमारीको प्रल्हादको माया बसेको हो ।
सदरमुकाम विदुर बस्न थालेपछि पनि प्रेम जारी रह्यो । केटा बेकामे तर लालकुमारी अवसरको खोजीमा लाग्दै गरिन् । र,सेनामा भर्ति हुने योग्यता पूरा गरिन् ।
सेनामा गएको धेरै भएको छैन । उनी जागिरमा गएसँगै प्रल्हादसँग सम्बन्ध टाढिएको हो । कहिले तालिममा त कहिले व्यारेकभित्रको ड्युटीमा हुनाले फोन सम्पर्क पातलिन थाल्यो । यस्तो भएपछि प्रल्हादसँग उनलाई भुल्ने उपाय भएन ।
माया गाढा हुँदा फेसबुक आइडी र पासवर्ड साटासाट गरेका थिए । लालकुमारीसँग टाढिएपछि पनि पल्हादले आइडी चलाउँथे । त्यही क्रममा प्रेमिकाले धोका दिएको रिस फेर्न नाङ्गाजस्ता देखिने फोटो र मनलाग्दी स्ट्याटस पोष्ट गरेका हुन् ।
स्वभाविक हो यसरी सार्वजनिक बेइज्जती भएपछि लालकुमारीले कानुनी उपचार खोजिन् । जिल्ला प्रहरीमा उजुरी गरिन् । प्रहरीले काठमाडौंस्थित अपराध महाशाखाको सहयोगमा अनुसन्धान गर्दा कसुर प्रमाणित भयो । र,नुवाकोट प्रहरीले पक्राउ गरी तीन दिनअघि मात्र प्रल्हाद हनुमानढोकाको हिरासतमा राखिएका छन्, जनआस्था साप्ताहिकले खबर छापेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुह्स :




0 comments
Write Down Your Responses