ऋषि धमलाको यो बिजोग !
काठमाण्डु, १५ असार– पत्रकार ऋषि धमला यसबेला निकै तनाबमा देखिन्छन् । एक्कासि आएको विनाशकारी भूकम्पको प्रभावले छट्पटिरहेका नेपालीजस्तै उनलाई पनि तनाव बढेको छ । करिब डेढ दशकभन्दा बढी समयदेखि पुतलीसडकमा कार्यालय राखेर सञ्चालन गर्दै आएको रिपोटर्स क्लबको घर समेत क्षतिग्रस्त भएपछि उनले दुई महिनाभन्दा बढी समय सो कार्यालय त्रिपालभित्र राखेर सञ्चालन गरे ।
अहिले उनी सो कार्यालयको व्यवस्थापनमा आफै भौतारिरहेको भृकुटीमण्डपको चौरमा देख्न पाइन्छ । उनले पछिल्लो समयमा समाजकल्याण परिषदका अधिकारीहरुसँग अनुनय–विनय गर्दै सोही परिषद अन्तर्गत पर्ने भृकुटी मण्डपकै एउटा भवनमा कार्यालय राख्ने तयारी गरिरहेका छन् ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा काठमाण्डुको कार्यालयको ठिक पछाडिको भवनमा उनले रिपोर्टस क्लबको कार्यालय राख्ने तयारी गरेपनि उनले अफिसका कर्मचारीलाई तलब समेत नखुवाएको बताइएको छ ।
कार्यालयका कर्मचारीहरुले व्यपस्थापनमा राम्रो काम नगरेका भन्दै उनले केही समय अघि स्टाफ समेत हेरफेर गरेको बताइएको छ । उनले पछिल्लो समय आफुले राखेका कर्मचारीहरुलाई विदा दिएर पत्नीको सल्लाहमा कर्मचारीहरु राखेको पनि उनी निकट श्रोतले बताएको छ ।


भिडियो हेर्न तल क्लिक गर्नुह्स :


0 comments

Write Down Your Responses

Powered by Blogger.