संसारकै महँगो स्कूल
स्विट्जरल्याण्डमा रहेको ‘इन्सिच्यूट अफ ले रोजे’ स्कूलको शुल्कको बारेमा सुन्दा कमैलाई मात्र विश्वास लाग्ला। तर यो स्कूलमा एक बिद्यार्थीको बार्षिक खर्च २ करोड रुपैयाँ भन्दा बढि रहेको छ। यो शुल्कमा बोर्डिङ तथा बसाईको खर्च पनि समावेश गरिएको छ। यो स्कूलको स्थापना सन् १८८० मा पल एमिली कार्नलले गरेको थिए। पाँच विद्यार्थी बराबर एक शिक्षकको व्यवस्था गरिएको यो स्कूलका सबै बिद्यार्थी इन्सिच्यूटको हाताभित्र बनाइएको होस्टलमा बस्छन्।
यहाँको पाठ्यक्रममा अंग्रेजी र फ्रेन्चमा रहेको छ। यस इन्सिच्यूटमा बिद्यार्थीहरुलाई सिमित खेलहरुको पनि सुविधा रहेको बताइएको छ। यो इन्सिच्यूट विश्वको पुरानो स्कूलको सूचीमा पनि परेको छ। यहाँ थुप्रै शाही परिवार र चर्चित परिवारका सदस्यहरुले पढेको पनि बताइएको छ। हाल यो स्कूलमा ४०० जना बिद्यार्थी रहेको छ। यसको अर्को भवन स्की रिसोर्ट भिलेज जीस्टाडमा पनि रहेको छ जहाँ चिसो मौसममा बिद्यार्थीहरुलाई त्यता लगेर पढाइन्छ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses