बेहोस बनाएर तेस्रो लिङ्गीले युवकको लिङ्ग काटे
असार १२ गते काठमाडौं । तेस्रो लिङ्गीसँग शारीरिक सम्पर्क राख्नेहरु सावधान ! तेस्रो लिङ्गीसँग सम्पर्क राख्दा यहाँ एक युवकले आफ्नो लिङ्ग गुमाएका छन् ।
भारतको गाजियाबादमा तेस्रो लिङ्गीले एक युवकलाई कोल्ड ड्रिंंकमा नशालु पदार्थ मिसाएर पिलाउँदा वेहोस भएपछि लिङ्ग काटेर झाडीमा फालिदिएका छन् ।
पुलिस क्षेत्राधिकारी जगतराम जोशीका अनुसार मनोजको किदवई नगरका तेस्रो लिङ्गीसँग सम्पर्क थियो । उनीहरुबीच आर्थिक कारोवारको सम्बन्ध पनि थियो । त्यही सम्बन्धका कारण उनको लिङ्ग तेस्रो लिङ्गीले काटेका हुन् ।
तेस्रो लिङ्गीले मनोजलाई राति आफ्नो घरमा लगेर चिसो पिलाउने वहानामा वेहोस बनाएर धारिलो हतियारले लिङ्ग काटेको प्रहरीले जनाएको छ । लिङ्ग काट्ने तीन जना तेस्रो लिङ्गीलाई प्रहरीले पक्राउ गरेको छ ।
गम्भीर घाइते मनोजको सरकारी अस्पतालमा उपचार भइरहेको छ । घटनाको थप अनुसन्धान तीनै जनालाई हिरासतमा राखेर भइरहेको प्रहरी क्षेत्राधिकारी जोशीले बताए । मनोजसँग उनीहरुको आर्थिक लेनदेन नमिलेपछि यस्तो घटना घटेको हो । एजेन्सी

भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.