मन्त्री गुरुङ र विभागको ज्यादतीप्रति व्यवसायी रुष्ट, विभाग घेराउ
काठमाडौँ,१३ असार ।
मेनपावर व्यवसायीहरुले श्रम तथा रोजगार राज्य मन्त्री टेक बहादुर गुरुङ र वैदेशिक रोजगार विभागको ज्यादती विरुद्व विभाग घेराउ गरेका छन् । १७ असारमा हुने वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा अध्यक्षका प्रत्यासी सरोज कुमार पोखरेलको नेतृत्वमा विभिन्न माग राख्दै विभाग घेराउ गरेका हुन ।
घेराउका क्रममा व्यवसायीहरुले राज्य मन्त्री गुरुङले व्यवसायीहरुसँग छलफल नै फ्रि भिषा, फ्रि टिकट लागु गर्न लागेको भन्दै मन्त्री गुरुङको तत्काल राजीनामा माग गरेका छन् । फ्रि भिषा, फ्रि टिकट आफैमा राम्रो भए पनि लगाउनु अघि व्यवसायीसँग छलफल गर्नु पर्ने, नेपालका लागि कामदारको कोटा निर्धारण गर्नु पर्ने लगाएतका माग राखेका छन् । श्रम मन्त्रालयले सूचना प्रकाशन गरी २१ असार देखि लागू हुने गरी मलेसिया र ६ खाडी मुलुकमा कामदार पठाउने निर्णय कार्यान्वयन गरिने जनाएको प्रति आपत्ति समेत जनाए । यो निर्णय कामदार र व्यवसायीको हित विपरीत भएको भन्दै तत्काल रोक्न समेत आग्रह गरेका छन् ।
आन्दोलनकै क्रममा वैदेशिक रोजगार विभागले क्षेत्राधिकार नाघेर मेनपावरमा छापामार शैलिमा छापा मारेको भन्दै त्यसको विरुद्वमा आन्दोलनमा उत्रेको बताए । ब्यवसायीहरुले वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीलाई पनि पदबाट हटाउन माग गरेका छन् । दुईवटा नागरिकता बोकेका महानिर्देशकले व्यवसायीलाई अनुगमनका नाममा आतंकित बनाएको भन्दै यस्तो कार्य तत्काल बन्द गर्न आग्रह गरेका हुन ।
विभागमा आन्दोलनरत व्यवसायीहरुले शुन्य(फ्रि भिषा, फ्रि टिकट)को नाममा दलाली बन्द गर,सर्वसूलभ वैदेशिक रोजगारीको ग्यारेन्टी गर, दुई वटा नागरिकता बोक्ने महानिर्देशक लाई कारबाही गर, विभागमा हुने घुसखोरी बन्द गर,व्यवसायीक एकता जिन्दावाद, शुन्य(फ्रि भिषा, फ्रि टिकट)को पुर्वधार तयार गर, अनुगमनको नाममा व्यवसायीमाथी हुने आतक बन्द गर लगाएतका माग राख्दै विभागमा घेराउ गरेका हुन । उक्त घेराउन कार्यक्रममा सघको निर्वाचनमा अध्यक्षका प्रत्यासी सरोज पोखरेलले व्यवसायीहरुको माग तत्काल पुरा नभएर चरणबद्व आन्दोलन गर्ने बताए ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.