सिन्धुपाल्चोकको यमुनाडाँडामा हेलिकप्टर दुर्घटना
काठमाडौं, १९ जेठ । सिन्धुपाल्चोकमा माउन्टेन एयरको हेलिकोप्टर दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ ।
दोलखाबाट मेडिकल टिम लिएर फर्कदैँ गरेको माउन्टेन एयरको 9N-AJP हेलिकप्टर सिन्धुपाल्चोकको यमुनाडाँडा गाविस वडा ८ को शिला पर्वत जंगलमा खसेको हो । दुर्घटनास्थल बदेफीबाट नजिकै पर्दछ ।
हेलिकप्टर बिजुलीको हाईटेन्सन तारमा ठोक्किएर हेलिकोप्टर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
दुर्घटनास्थलमा पुगेको नेपाली सेनाले तीन पुरुष र एक महिलाको गरी चार जनाको शव भेटाएको छ । हेलिकप्टरमा क्याप्टेन सिवेक श्रेष्ठसहित ३ नेपाली र १ डच नागरिक थिए ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses