प्रचण्डलाई दिपकराज गिरी भन्छन्ः यसपटक सही हुनुहुन्छ, गाली खाँदा नडराउनुस्





३२ जेठ, काठमाडौं ।
यस अघि प्रचण्डलाई कडा ब्यङ्ग्य हान्दै आएका चर्चित कलाकार दिपकराज गिरीले यस पटक भने प्रचण्डको पक्षमा बोलेका छन् । उनले नेपाली राजनीतिमा धेरै गाली खाने मध्ये प्रचण्ड पनि रहेको तर उनी यस पटक सही रहेको बताएका छन् ।

गिरीजाको उदाहरण दिँदै दिपकले प्रचण्ड गाली खाने मध्ये १०० प्रतिशत अंक सहित सबै शीर्ष नेता भन्दा माथि रहेको भएपनि पछिल्लो पटक संविधान निर्माणका लागि गरेको सहमतिमा प्रचण्ड सही रहेको भनेका छन् ।

गिरीजाले गाली खाएपनि मलामी सबैभन्दा बढी पाएको उदाहरण दिँदै उनले गाली खाँदा डराउन हुन्न भनेका छन् । उनले बाबुराम भट्टराईको पनि प्रसंसा गरेका छन् ।



उनले प्रचण्डलाई मार्छु भन्ने आङकाजीहरु समाजमा हुने भन्दै यस्ताहरु कहिले मर्छन थाहा नहुने समेत टिप्पणी गरेका छन् ।


 भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.