जस्तापातापछि अर्थमन्त्रीका पिए रमेश महतको अर्को काण्ड
आजको साँघु साप्ताहिकमा खबर छ–२०७२ जेठ ३० गते साधारण सेयरधनीको तर्फाबाट बोर्डमा प्रतिनिधित्व गर्ने सदस्यको लागि भएको चुनावमा क्षेत्रबहादुर सेजुवाललाई हराउन अर्थमन्त्री महतले सत्ताको दुरुपयोग गरेको आरोप छ ।
सेजुवाल कांग्रेसमा नेता शेरबहादुर देउवा समूहका हुन् । हेलिकप्टर दुर्घटनामा दिवंगत हुम्ला कांग्रेसका सभापति मानव सेजुवालका दाजु क्षेत्रबहादुरलाई हराउन नेपाल स्टक एक्सचेन्जका महाप्रबन्धक सीताराम थपलिया पनि लागेको बुझिएको छ ।
अर्थमन्त्री महतको निर्देशनमा प्रबन्धक थपलियाले महतलाई जिताउन भूमिका खेलेको आरोप छ । महतका पिए रमेशले कृषि विकास बैंकको कर्मचारी भर्नादेखि बढुवामा मनपरी गर्ने गरेको अाराेप छ ।
बैकमा एकैदिन १२ पटक बोर्ड बैठक बसी रमेश महतले २४ हजार रुपैयाँ भत्ता बुझेको स्रोतले बतायो।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses