यस्तो विमान चढ्छन् ओबामा
किन होला त ? ओबामा यो विमानमा उड्दै गर्दा ह्वाइटहाउसमा गर्नपर्ने सम्पूर्ण काम यही गर्न सकिन्छ । विमान त्यतिकै कडा सुरक्षाले बनेको छ । विमानको पछाडिको भागमा दुश्मनको राडारलाई जाम गरिदिने जैमर फिट गरिएको छ ।
फुल ट्यांकी इन्धन भरेपछि यो विमान १२ हजार ५ सय ५२ किमि सीधा उडान भर्न सक्छ । विमानको अधिकतम गति प्रतिघन्टा एकहजार ४६ किमि रहेको छ । यसको कुल लागत ३३०० करोड रहेको बताइएको छ ।
राष्ट्रपति ओबामा विमानमा दुईवटा ढोका छन् । टेलिफोन, रेडियो, फ्याक्स, कम्प्युटरको सुविधा छ । हावामा पनि फ्युल भर्ने सुविधा छ । २६ जना क्रु मेम्बर रहने विमानमा राष्ट्रपतिका लागि जिम र सुत्ने कोठाको व्यवस्था छ ।
विमानको किचेनमा एकपटकमा १०० जनका लागि खान पाक्छ । ४५, ००० फिटमाथि उडिरहदाँ पनि टेलिफोनमा कुरा गर्न सकिने विमानमा १९ टेलिभिजन सेट छन् ।–एजेन्सी
0 comments
Write Down Your Responses