ललितपुरमा प्रचण्डको नयाँ बंगला
नुवाकोट घर भएका ठेकेदार शारदाप्रसाद अधिकारी प्रचण्डका नया एकाउन्टेन्ट बनेका छन् । अधिकारीकै नाममा प्रचण्डले हालै ललितपुरको खुमलटारमा नयाँ बंगला किनेका छन् । भगवती भिल्ल नाम गरेको उक्त बंगला ल्यारकाल लामोको सहयोगमा प्रचण्डले खरिद गरेका हुन् । जहाँ प्रचण्ड पुत्र सर्ने तयारीमा छन् । स्रोतका अनुसार कम्प्यूटर तथा इलेक्टोनिक्सको व्यापार गर्ने व्यापारी बिजयकृष्ण श्रेष्ठसँग उक्त घर खरिद गरिएको हो । घरको भित्री भाग कलात्मक काठले सजाउने काम भइरहेको छ । आजभोली घरको सजावट हेर्न प्रचण्डपुत्र प्रकाश दिनहुँ सो घरमा पुग्ने गरेका छन् ।
–दृष्टि साप्ताहिकबाट
भिडियो हेर्न तल क्लिक गर्नुह्स :




0 comments
Write Down Your Responses