स्वास्थ्यका लागि खतरनाक हुनसक्छ टाइट जिन्स
असार १० गते
एजेन्सी– टाइट जिन्स पाइन्ट धेरै युवतीको रोजाइ बनिरहेको छ । स्वास्थ्यका लागि भने यो खतरनाक हुने डाक्टर बताउँछन् । टाइट जिन्स पहिरिदा मांसपेशी र नशा आफू अनुकुल चल्न नसक्ने भन्दै स्वास्थ्यमा गम्भीर नोक्सान पुग्न सक्ने देखिएको बताएका हुन् ।
जर्नल अफ न्युरोलोजी, न्युरो सर्जरी एन्ड साइक्याट्रीमा टाइट जिन्सकै कारण गम्भीर समस्या झेलेकी एक महिला बारे छापिएको छ । ३५ वर्षीया उनको शरीरबाट पाइन्ट काटेर निकाल्नु परेको थियो । किनभने उनको पिडौला निकै सुन्निएको थियो ।
अष्ट्रेलियाकी ती महिला घर सर्ने क्रममा थिइन् । त्यसैले टाइट जिन्स लगाएर लामो समय दराजबाट कपडा निकालिरहिन्  । त्यसपछि एक्कासी उनको खुट्टा सुनिन थाले र उनी हलचल गर्न नसक्ने भइन् ।
डाक्टरका अनुसार उनलाई कम्पर्टमेन्ट सिन्ड्रोम भएको थियो ।
कम्पर्ट सिंड्रोम गम्भीर खालकै बिराम अन्तर्गत राखेका छन् उनीहरुले । किनभने यसमा मांसपेशिको भित्री भागमा सुनिने र रक्तश्राव हुने गर्छ ।
उनलाई  पनि सोही बिराम भएको डाक्टरले बताएका छन् । अस्पतालको चेकजाँच पछि पत्ता लाग्यो– उनको टांगमुनि अझ धेरै सुनिएको थियो । खुट्टासम्म रगत सप्लाई नरोकिएपछि टाइट लुगाका कारण मांशपे्शी एकदमै कमजोर भएको डाक्टरले बताएका छन् ।
चारदिनको हस्पिटल बसाइपछि उनी सामान्य अवस्थामा आइन् । जाँघमा टाइट र लो कट जिन्सका कारण मांशपेशी सुन्निन समस्या भएर लिएर आफूहरुकहाँ पनि बिरामी आएको अरु डाक्टरले पनि बताएका छन् ।
तर, धेरै मान्छेमा यस्तो समस्या भइहाल्छ भन्ने छैन । होशियारी भने सबैलाई अपनाउन सुझाइएको छ ।
–बिबिसीबाट

भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.