चार दलका शीर्ष नेतालाई एकवर्ष कैद र १० हजार जरिबाना माग
काठमाडौँ, १० असार ।
सोह्रबुँदे सहमति कार्यान्वयन नगर्न सर्वोच्चले दिएको आदेशविरुद्ध अभिव्यक्ति दिएको भन्दै सर्वोच्च अदालतमा अपहेलनाको मुद्दा दर्ता गरिएको छ । शीर्ष चार दलका नेताहरुलाई एकवर्ष कैद र १० हजार जरिबानाको मागसहित सर्वोच्च अदालतमा अपहेलनाको मुद्दा दर्ता भएको हो । मुद्दामा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) अध्यक्ष विजयकुमार गच्छदार लगाएतलाई विपक्षी बनाइएको छ ।
उनीहरुले विभिन्न ठाउँमा सर्वोच्च अदालतको आदेश विपरीत अभिव्यक्ति दिएकाले अपहेलनाको मुद्दा दर्ता गरिएको हो । अधिवक्ता लक्ष्मीप्रसाद पोखरेलले मुद्दा दर्ता गरेका हुन् । नेताहरुले गरेको सोह्रबुँदे सहमतिमा प्रदेशहरुको सीमा र नामकरण नगरी संविधानसभा विघटन हुने जनाइएको थियो ।
उक्त सहमतिविरुद्ध अधिवक्ता विजयकान्त कर्णले रिट निवेदन दायर गरेपछि यही असार ४ गते सर्वोच्च अदालतले त्यसलाई कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । ४ दलका नेताहरुले बक्तव्य निकालेर संविधान निर्माण प्रकृया नरोकिने वताएका थिए ।
यस्तो थियो नेताहरुको वक्तव्य




0 comments
Write Down Your Responses