गौरी महिला प्रधानमन्त्री !
काठमाडौं । नेपाली फिल्मकी अभिनेत्री गौरी मल्लको फिल्म क्षेत्रमा आफ्नै पहिचान छ । नायिकादेखि चरित्र भूमिकामा पनि उत्तिकै दमदार रूपमा अभिनय गर्ने गौरी अब देशको प्रधानमन्त्रीको बन्ने भएकी छन् । राजनीतिक दलसँग नजोडिएरै उनी प्रथम महिला प्रधानमन्त्री हुन लागेकी हुन् ।
उनी वास्तविक जीवनमा चाहिँ प्रधानमन्त्री बन्न लागेकी होइनन् । हाल छायांकनरत टेलिफिल्ममा उनी प्रधानमन्त्रीको रूपमा देखिन लागेकी हुन् । निर्देशक छिरिङ रितार शेर्पाले निर्देशन गरिरहेको टेलिफिल्म ‘सिंहदरबार’ मा उनी प्रधानमन्त्री बनेकी हुन् । निर्देशक शेर्पाका अनुसार १३ भागको टेलिफिल्म दुई महिनापछि प्रसारणमा आउनेछ ।
‘सिरियलमा उहाँले सुशासन, नेतृत्व र उत्तरदायित्वको कुरा गर्नुहुनेछ,’ गौरीको भूमिकाबारे निर्देशकले भने, ‘महिला प्रधानमन्त्री बन्दा हुने दुःख र उसले पाउने चुनौतीको कथालाई टेलिफिल्ममा प्रस्तुत गर्नेछौँ ।’ निर्देशक शेर्पाले संविधान बनेपछि नेपालको राजनीति कसरी अगाडि बढ्छ भन्ने बिषयमा टेलिफिल्म केन्द्रित हुनेछ । टेलिफिल्मका निर्माता युवकर राज राजकर्णिकारले शृंखलाले जनतालाई सरकारप्रति उनीहरूको दायित्व र भूमिकाका विषयमा जानकारी गराउने दाबी गरे ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses