भूकम्प, सेक्स र पिल्स– प्लस टूका विद्यार्थीलाई अवैध गर्भले तनाब
काभ्रे । भूकम्पपछि त्रिपाल र टहरामा बस्दै आएका बेला असुरक्षित यौनसम्पर्कबाट रहनसक्ने गर्भ रोक्न आकस्मिक गर्भनिरोधक औषधि सेवन गर्ने बढेका छन् । गर्भ रोक्न आकस्मिक गर्भनिरोधक चक्कीको बिक्री बढ्दै गएको काभ्रेका स्वास्थ्यकर्मीले बताए।
बनेपास्थित चण्डेश्वरी मेडिकल हलका असिन वैद्यले भने, ‘भूकम्पअघिको तुलनामा अहिले आकस्मिक गर्भ रोक्न चक्की ९औषधि० को प्रयोग गर्नेको संख्या बढ्दै गएको छ। परिवार नियोजनका अन्य साधनको तुलनामा गर्भनिरोधक चक्की बढी बिक्री हुने गरेको छ।’

उनका अनुसार चक्की किन्न पसलमा दैनिक १५ देखि २० जना आउने गरेका छन्।
स्वास्थ्यकर्मीका अनुसार विशेषगरी उच्चमावि तथा क्याम्पसमा पढ्ने उमेर समूहका युवतीले असुरक्षित शारीरिक सम्बन्धबाट रहेको गर्भ हटाउन गर्भनिरोधक चक्की प्रयोग गर्ने गरेका छन्। गर्भनिरोधक आकस्मिक चक्की पानपसलदेखि होटेलसम्म पाइने भएकाले यसको प्रयोग सहज भएको औषधि पसले बताउँछन् ।

धुलिखेल, पनौती, बनेपा र पाचँखालका बजारमा यस्तो औषधि बढी बिक्री हुने गरेको छ। गर्भ रोक्न इकोन, आइपिल, अनवान्टेड, ई ७२ म्याक्स, एमटीपी प्रिग्नो एमटिपिल्सलगायत चक्कीको प्रयोग बढेको छ। बजारमा गर्भनिरोधक चक्की ८० देखि दुई सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । कन्डम र अन्य गर्भनिरोधक साधन प्रयोग गर्न झन्झट र असहज हुने भएकाले गर्भनिरोधक चक्कीको प्रयोग बढ्दै गएको स्वास्थ्यकर्मी बताउँछन्।

जिल्ला जनस्वाथ्य कार्यालय काभ्रेका प्रमुख डा। राजेन्द्र शाहले भने, ुगर्भपतन गर्न कानुनले छुट दिएको छ तर भूकम्पका कारण घर भत्किएर त्रिपालमा बस्नुपर्दा परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्न असहज भएका कारण त्यस्तो अवस्थामा रहेको गर्भ हटाउन औषधि प्रयोग गरेका हुन सक्छन्।’ उनले असुरक्षित यौनसम्पर्कबाट रहेको गर्भ रोक्न चक्कीको बढी प्रयोग हुने गरेको बताए।

सरकारले २०६० चैत ५ गतेदेखि गर्भपतनलाई कानुनी मान्यता दिएसँगै गर्भनिरोधक औषधिको अव्यवस्थित बिक्रीवितरण र प्रयोगले स्वास्थ्यमा खतरा बढ्दै गएको छ । अन्नपूर्ण पोस्टमा समाचार छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.