शान्ति सेनाले गरिब महिलालाई सामान दिएर बदलामा यौन सम्बन्ध राख्ने गरेको खुलासा
एजेन्सी, २८– जेठ–संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनले शान्ति सेनाले नियमित रुपमा स्थानीय गरिब महिलालाई सामान र पैसा दिएर सेक्स गर्ने गरेको खुलासा गरेका छ ।
उनीहरुलाई जसको सहयोगका लागि त्यहाँ पठाइएको हुन्छ उनीहरुले तिनीहरुसँग यस्तो सम्बन्ध बनाउने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । सेक्सको बदलामा उनीहरुले सानातिना सामान र केही पेस दिने गरेको बताइएको छ ।
समचार एजेन्सी राइटर्सका अनुसार यो घटना हैटी र लाइबेरियामा भएको बिबिसीले जनाएको छ । यहाँका भोकमरी र गरिबीको मार खेपिरहेका महिला शारीरिक सम्बन्ध राख्न बाध्य बनेको पनि रिपोर्टमा उल्लेख छ ।
प्रतिवेदनमा भनिएको छ कि महिलाहरुलाई नगद, कपडा, मोबाइल र खाद्य सामग्रीजस्ता सामान दिएर शान्ति सेनाका जवानले उनीहरुका साथ शारीरिक सम्बन्ध राख्ने गरेका हुन् ।
सन् २००८ बाट २०१३का बीचमा ४८० वटा यस्ता घटना भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । जसमा एक तिहाइ बालबालिका रहेको बताइएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.