काठमाडौंमा घर किनबेच गर्न रोक ..
२८ जेठ काठमाडौ । मापदण्डविपरीत बनेका घरहरु जोखिमपूर्ण रहेको र भत्काउनुपर्ने भन्दै काठमाडौ महानगरपालिकाले किनबेचमा रोक लगाएको छ । यसबारे महानगरले बुधबार पालपोत कार्यालयलाई पत्राचार गरेको छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ—महानगरपालिकामा ५० प्रतिशतभन्दा धेरै घर मापदण्डविपरीत निर्माण भएकाले यो निर्णयबाट हजारौं ब्यक्ति प्रभावित हुनेछन् । कतिपयले नक्सा पास नै नगरेर र कतिपयले नियम मिचेर घरहरु बनाएका छन्। । स्थानीय प्रशासनले निर्माण सम्पन्न प्रमाणपत्र दिएका घरहरुको मात्र अब किनबेच हुने छ । मापदण्डविपरीतका घरहरु बनाउने प्रवृत्तिलाई रोक्न त्यस्ता घरहरु बनाउने प्रवृत्तिलाई रोक्न त्यस्ता घरको किनबेचमा रोक लगाइएको काठमाडौ महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले बताए ।
राजधानीमा ५० प्रतिशतभन्दा धेरै घर मापदण्डविपरीत छन् । प्रशासनले तोकेअनुसार खाली ठाउँ नराख्ने तथा थोरै तलामात्र नक्सापास गरेर धेरै तला बनाइएका छन् । त्यस्ता घरहरु भूकम्पीय दृष्टिकोणले जोखिमपूर्ण हुने भएकाले बिक्री वितरणमा रोक लगाइएको तामाङले बताए ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.