किम जोंगले एयरपोर्टको डिजाइन मन नपरेपछि आर्किटेक्टलाई फाँसी दिए
१६ असार, प्योंगयांग । उत्तर कोरियाका तानाशाह किम जोंग उनले एक चीफ आर्किटेक्ट मा वोन चुनलाई  एयपोर्टको डिजाइन मननपरेपछि फाँसी दिएकाे बताइएकाे छ ।
डेली मेलका अनुसार प्योंगयांग एयरपोर्टका चीफ आर्किटेक्ट मा वोन चुनलाई पछिल्लो वर्ष नोभेम्बरमा मार्न आदेश दिएका थिए । किमले आशा गरे जस्तै मा ले टर्मिनलको डिजाइन तयार गर्न नसकेको बताइएको छ ।
उत्तर कोरियामा प्योंगयांग एयरपोर्टको नयाँ टर्मिनल बुधबार  खोलिएको छ । कोरियन सेन्ट्रल न्यूज एजेन्सीले पछिललो हप्ता नयाँ टर्मिनललाई हेर्न पुगेका किम र उनकी श्रीमतीको फोटो जारी गर्यो तर यो तस्बिरमा बिल्डिङका हेड डिजाइनर मा वोन चेन उनीसँगै देखिएनन् । मा देशका ती शीर्ष ६ कुटनीतिज्ञमध्येका एक थिए जो पछिल्लो वर्ष देखि गायब थिए ।
देशको स्टेट न्यूज एजेन्सीको रिपोर्टका अनुसार, टर्मिनलको डिजाइनको विषयमा किमले निराश दर्साएका थिए । किमले टर्मिनल–२ को निर्माणको अन्तिम क्षणमा डिजाइनरले यसको वास्तु सौन्दर्यको विषयमा पार्टीको आइडिया सम्झन सफल नभएको भन्दै त्यसमा केही कमी भएको बताएका थिए ।
त्यसपछि नै मा ओन–चुनलाई भ्रष्ट अभ्यास र आदेशलाई पालना गर्न नसकेको भन्दै फाँसी दिएको बताइएको छ ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.